Thursday, October 18, 2012

'वैशाखभित्र चुनाव नभए जे पनि हुन सक्छ'

२ कार्त्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष
कमल थापाले आगामी वैशाखभित्र संसद्को निर्वाचन हुन नसके परिस्थिति
राजनीतिक दलको नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिनुभएको छ ।
पार्टीको राष्ट्रिय युवा मोर्चाद्वारा विजयादशमी तथा शुभदीपावलीका अवसरमा
आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले राजनीतिक
दलहरुकाबीचमा सर्वदलीय सहमतिबाट निर्वाचनका लागि तटस्थ राष्ट्रिय सरकार
गठन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-'सहमतिबाट नै तटस्थ
राष्ट्रिय सरकार गठन गरी निर्वाचनका लागि संविधानमा रहेका बाधा अड्काउ
फुकाउन राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ, अनि ताजा जनादेशबाट गठन हुने
संसद्ले संविधान जारी गर्छ ।'
अहिले मुलुकमा रहेका सबै धर्म, मूल्य र मान्यतासँगै प्रजातन्त्र र
प्रजातान्त्रिकशक्तिलाई नष्ट गर्न उद्यत रहेको एमाओवादीसँग काँगे्रस र
एमालेले मुलुकको प्रजातन्त्र साट्न खोजिरहेको आरोपसमेत लगाउनुभयो ।
संविधान नै नबनाएर विघटन भएको संविधानसभालाई सीमित दलका एक दर्जन नेताले
पुनःस्थापनाको कुरा गरेर मुलुकलाई अनिर्णयको बन्दी बनाइरहेको आरोप
लगाउँदै उहाँले एमाओवादीको सर्वसत्तावाद लाद्ने प्रवृत्तिका कारण
पुनःस्थापनाको कुरा आएकाले त्यसलाई मान्न नहुने टिप्पणी गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले मुलुकमा देखिएको संवैधानिक तथा
राजनीतिक सङ्कट अन्त्य गरी निकास दिनेतर्फ विजयादशमीले सबैलाई पे्ररणा
प्रदान गरोस् भन्ने कामना गर्नुभयो । रासस
Comments:

No comments:

Post a Comment