Thursday, October 18, 2012

झारफुकको नाममा झाँक्रीद्वारा छात्रालाई बलत्कार

वीरगन्ज, कार्तिक २ -
रोग निको पार्न झारफुक गर्ने बहानामा १२ वर्षीया एक बालिकालाई बलात्कार
गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ

पक्राउ पर्नेमा पर्सा ठोरी गाविस–१ का ५४ वर्षीय सन्तबहादुर थापामगर
रहेको प्रहरीले जनाएको छ ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भवानीपुरमा कक्षा ६ मा अध्ययनरत एक
छात्रालाई छारेरोग लागेको र त्यसलाई निको पार्न झारफुक गर्नुपर्ने भन्दै
झाँक्री थापामगरले आफू डेरा गरी बसेको कोठामा लगेर ती बालिकालाई बलात्कार
गरेको उजुरी प्रहरीमा परेको थियो ।
झारफुकका क्रममा ती बालिकालाई नग्न पारी बलात्कार गरेको आरोपसहितको उजुरी
स्थानीय पारालिगल कमिटीका मीना गिरीले दिएका थिए । यसै उजुरीका आधारमा
प्रहरीले झाँक्री थापामगरलाई पक्राउ गरी सोधपूछ गर्दा उनले बलात्कार
गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको र
तिनको स्वास्थ्यस्थितिमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसै क्रममा झारफुकको बहानामा छात्रालाई बलात्कार गर्ने झाँक्री विरुद्ध
कडा कारबाही गर्न विद्यालय परिवारले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
– रासस
प्रकाशित मिति: २०६९ कार्तिक २ ०६:१७

No comments:

Post a Comment