मुम्बई, भदौ ३० (एजेन्सी) - लोकप्रियताको मूल्य पनिचर्को हुने रहेछ।
सलमान खानका लागि यस्तै भएको छ। उनले हालै आफ्नो लागि थप ६ जना बडिगार्ड
थपेर १२ पुर्याएका छन्। बलिउडमा सबैभन्दा धेरै बडिगार्ड राख्नेमा उनी
पहिलो नम्बरमा पुगेका छन्। त्यसो त बक्स अफिसमा कमाउने रेकर्ड पनि उनकै
खातामा छ।
सलमानको सुरक्षा प्रमुख शेराले उनको बडिगार्ड थपिएको स्वीकारे। 'पहिले
भाइसँग ६ जना बाउन्सर थिए। अहिले १२ जना,' शेराले भने। सुरक्षाकै कारण
लखनउमा फिल्म दभङ्ग २ को सुटिङ रोकिएको थियो। यसपछि उनले वडिगार्ड थपेका
हुन्। दभङ्ग २ का निर्देशक तथा सलमानका भाइ अरवाजले सलमान आउने भनेर धेरै
मानिसहरु जम्मा हुँदा समस्या भएको जानकारी दिए।
पछिल्लो फिल्म एक था टाइगरले २ सय करोड रुपियाँको कारोबार गरेको थियो।
फिल्म सुपरहिट हुँदा नहुँदै उनको सुरक्षा थ्रेट बढेको थियो। उनलाई कसैले
थ्रेट दिएका भने होइनन्। सलमानका फ्यानबाट बच्न उनलाई थप सुरक्षा
दिनुपर्ने स्थिति भएको हो।
No comments:
Post a Comment