Sunday, September 16, 2012

जनसरकार चलाए जसरी सिंहदरबार चल्दैनः चित्रबहादुर केसी

देब पचभैया/ उज्यालो । पाल्पा, भदौ ३० – राष्ट्रिय जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसीले रोल्पा रुकुम बसेर जनसरकार चलाए जसरी माओवादीले
सिंहदरबार चलाउन खोजेको आरोप लगाउनुभएको छ । शनिबार पाल्पाको तानसेनमा
अखिल नेपाल जनजाति सम्मेलनको सातौँ राष्ट्रिय भेलाको उदघाटन गर्दै
अध्यक्ष केसीले माओवादीका केही नेताले सम्पत्ति र दरवार नपाएकाले ७०
बूँदा ल्याएको आरोप लगाउनुभयो ।
काम चलाउ सरकारले अध्यादेशका भरमा देश चलाएको आरोप लगाउदै उहाँले माओवादी
कै कारण संवैधानिक निकाय खाली भएको बताउनुभयो । 'माओवादीलाई सिंहदरवारको
अनुभव नै छैन', उहाँले भन्नुभयो, 'रोल्पा रुकुममा बसेर जनसत्ता चलाएजस्तो
सरकार चलाउन खोजेर हुन्छ ?'
नेकपा–माओवादीले सरकारलाई बुझाएको ७० बुँदे प्रति टिप्पँणी गर्दै केसीले
सम्पत्ति र दरवार नपाएकाले ७० बूँदा ल्याएको आरोप लगाउनुभयो । '४०
बुँदाले केही नेतालाई त फाईदा भयो', उहाँले भन्नुभयो, '४० बुँदाले
हामीलाई यो अवस्थामा ल्यायो । ७० बँुदाले देशलाइ कहाँ पु¥याउछ हेर्नु छ
।'
संविधान निमार्णका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको केसीको
भनाई छ । '६ सय १ को भेडीगोठ असक्षम भै सकेको छ', अध्यक्ष केसीले
भन्नुभयो, 'अब चुनावमा जानुको विकल्प छैन ।'
ठूला दलका नेताहरुले जनतालाई झुक्काउने काम मात्र गरेको केसीको आरोप छ ।
ठूला दलका नेताहरुलाई फटाहाको संज्ञा दिदै उहाँले जेठ १४ मा संविधान दिन
नसकेका नेताहरुले अब भदौ भित्रका सहमति गर्छौँ भन्नु फटाईं भएको उहाँले
बताउनुभयो ।
संघीयताको विवादकै कारण संविधान बन्न नसकेको प्रसंग कोट्याउँदै उहाँले
संघीयता खारेज नगरे नेपाल नै खारेज हुने दावी गर्नुभयो संघीयताकै कारण
पार्टीहरु फुटेको, जातीय सदभाव खलवलिएको र भुगोल एउटै भए पनि समाज
विभाजित भएको केसीको भनाई छ ।

No comments:

Post a Comment