१६ भदौ, काठमाण्डौं । नाम चलेका चारजना गुन्डा नाइकेसँग गरी कम्तीमा ५० करोड रुपैयाँ बराबरको अबैध धन आर्जन देखिएको सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट खुलासा भएको छ ।
विभागले सुरु गरेको कारबाहीमा अनुसन्धान पाटो हेरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार सवभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति गणेश लामा परेका छन् । प्रारम्भिक अनुसन्धानले उनीसँग मात्रै २५ करोड रुपैयाँ बराबरको सम्पत्ति देखाएको हो ।
लामा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादारका निकटवर्ती तथा उनको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । काभ्रेको दुर्गम गाउँमा जन्मे हुर्केका उनी केही बर्षयता भारतबाट नेपालको बाटो हुँदै तिब्बत तर्फ तस्करी गरिने रक्तचन्दनको धन्दामा संलग्न रहेको पाईएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
लामासँगै कारबाहीमा तानिएका अन्य तीनजना पशुरामबस्नेत, दीपक मनाङे भनिने राजीव गुरुङ र चक्रे भनिने मिलन गुरुङ प्रत्येकसँग सातदेखि १० करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति पाईएको सीआईबी स्रोतले जनाएको छ ।
No comments:
Post a Comment