नवलपरासी, भदौ ३० - नवलपरासीको शिबमन्दिर –५ भाटटोलामा शनिवार बेलुकी
ट्रयाक्टरको ठक्करबाट एक जना बालकको ज्यान गएको छ । बिष्णुनगरबाट
राजमार्गतर्फ निस्कदै गरेको ना २ त ९९९४ नम्बरको ट्रयाक्टरको ठक्करले
रोल्पा सेराम घर भएका पाँच बर्षिय शुशील सुनारको ज्यान गएको जिल्ला
ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान पदम बडुले जानकारी दिनुभयो ।
दुर्घटनामा घाईते भएका बालकको उपचारको क्रममा कालीगण्डकी अस्पताल
कावासोतीमा ज्यान गएको प्रहरीले जनाएको छ । उनका बाबुआमा कावासोतीमा
बसोबास गर्दै आएका छन् । तीजको मेला लागेकाले भीड भाडमा दुर्घटना भएको
थियो ।
No comments:
Post a Comment