Sunday, September 16, 2012

मलेसियाको अस्पतालमा नेपालीको रहस्यमयमृत्यु

घनश्याम रेग्मी/उज्यालो । मलेसिया, भदौ ३० - इलामको बाँझो गाविस २
सिमलटार घर भइ मलेसियाकोसेलाङ्गरमा कार्यरत एक जना श्रमिकको रहस्यमय
तरिकाले अस्पतालमा ज्यान गएको छ । सेलाङगरको तामिलजयामा रहेको नाइमिङ
प्लाष्टिक कम्पनीमा कार्यरत मिलबहादुर लिम्बुको ३ दिनअघि काजाङमा रहेको
सेरदङ अस्पतालमा ज्यान गएको हो । खुट्टामा सामान्य घाऊ देखिएपछि लिम्बुले
काम गर्दै आएको कम्पनीले अस्पताल भर्ना गरेको थियो ।
अस्पताल भर्ना भएका लिम्बुले राती १ बजे साथीहरुलाई फोन सम्पर्क गरी आफू
उपचारका लागि अस्पताल भर्ना भएको र आफ्नो स्वास्थ्य ठिक ठाकरहेको जानकारी
गराउनु भएको थियो र त्यसको २ घण्टापछि नै अस्पतालले फोन गरी लिम्बुको
ज्यान गएको जानकारी दिएको उहाँसँगै काम गर्दै आएका सोनाम गुरुङले जानकारी
दिनुभयो ।
लिम्बुको शब रगतले लतपतिएको अवस्थामा अस्पतालमा आफूले देखेको बताउँदै
गुरुङले अस्पतालले मृत्युको कारण बताउन नमानेको जानकारी दिनुभयो ।
अस्पतालले अरु साथीभाइलाई लिम्बुको शब समेत हेर्न दिएको छैन । उहाँको
मृत्यु के कारणले भएको भन्ने समेत खुल्न नसकेको गुरुङ्गले बताउनुभयो ।
अहिले लिम्बुको शब अस्पतालमै राखिएको छ ।
लिम्बु २ वर्ष ४ महिनाअघि काठमाडौंको एटलज म्यानपावरबाट वैदेशिक
रोजगारीका लागि मलेसिया आउनु भएको हो ।

No comments:

Post a Comment