Sunday, September 16, 2012

कलेज पोसाकमा मोटरसाइकल र छोटो स्कर्ट निषेध

३१ भदौ, काठमाण्डौं । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले कजेक
पोसाक (ड्रेस) मा मोटरसाइकल चलाउन नपाउने भएका छन् । उच्च शिक्षा अध्ययन
गर्ने विद्यार्थीले कलेज पोसाकमा मोटरसाइकल चलाउँदा दुर्घटना हुने क्रम
बढेकाले त्यसलाई न्युनिकरण गर्न प्रतिबन्ध गर्न लागिएको हो । दुर्घटनाको
संख्या बढेको साथै पढाइप्रति जिम्मेवार नहुने भएकाले पनि कलेज पोसाकमा
मोटरसाइकल चलाउने विद्यार्थीलाई निषेध गर्न लागिएको खबर राजधानी दैनिकले
छापेको छ । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ सञ्चालन गरेका
निजी कलेजहरु सरकारी मापदण्डविपरीत सञ्चालन भएका र शुल्क तथा विज्ञापनमा
अनियमितता गरेकाले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सोही कार्यदलले
तयार पारेको प्रतिवेदनमा कलेज पोसाकमा मोटरसाइकल चलाउन नपाउने उल्लेख
गरिएको छ । मोटरसाइकल दुर्घटना विशेषगरी १६ देखि २५ बर्षका युवाहरुको
मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै कलेजमा पढ्नेले चुज पाइन्ट प्रयोग
गर्न नपाइने, पाइन्टको मोता १६ इन्च भन्दा कम हुन नहुने, कम्मरभन्दा
कम्तीमा १ इन्चमाथिसम्म पाइन्ट/स्कट हुनुपर्ने, हिपहिप हुन नहुने,
स्कर्टको तल्लो भागको हकमा घुँडाभन्दा कम्तीमा २ इन्च तलसम्म हुनुपर्ने,
नेकभन्दा १ इन्च तलसम्म मात्र सर्टको बटन खोल्न मिल्ने, सर्टभन्दा अन्य
पोसाकजस्तै कुर्ता सुरुवाल आदि प्रयोग गर्ने भएमा नेकभन्दा १ इन्च तलसम्म
खुला भएको पोसाक प्रयोग गर्नुपर्ने कार्यदलले तयार पारेको प्रतिवेदनमा
उल्लेख छ ।

No comments:

Post a Comment