२१ भदौ, वीरगन्ज । एक दलित युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पर्सामा तीन्नजाना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने तीनै जना जिल्ला वन कार्यालय पर्सासँग आबद्ध रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बिरुवागुठी गाविस-६ बडनियारका २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीयसन्दीप गुरुङ र २५ वर्षीय जुम्ल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरु जिल्ला वन कार्यालय पर्साद्वारा गठित वन नाका संरक्षण समितिका सदस्य समेत हुन् ।
वनमा शौच गर्न गएका बेला एक्लै भएको मौका छोपी गत शनिबार राति तीनैजनाले बिरुवागुठी गाविस-६ बडनियारकी एक युवतीलाई बलात्कार गरेको पीडित युवतीको किटान जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो । प्रहरीलेआवश्यक अनुसन्धान सुरु गरि सकेको छ ।
No comments:
Post a Comment