इलाम, भाद्र २२ - पञ्चकन्याको मलिमका डम्बरवहादुर घलले चार वर्षअघि ५५
हजार रुपैयाँमा गाईको कोरली बेच्दा निक्कै चर्चा पाएको थियो । स्थानीय
अशोक राईले भखरै १ लाख २३ हजार रुपैयाँमा गाई बेचेर त्यसको रेकर्ड तोडका
छन् । राईले दोस्रो बेते गाई सुलुवुङका चुडामणी भट्टराईलाई त्यति धेरै
रकम लिएर बेचेका हुन् । व्यवसायिक गाईपालन फस्टाएको यो गाउूमा एउटा गाई
लाख रुपैयाको हाराहारीमा बेच्ने कृषक उल्लेख्य छन् ।
'त्यसमा थप १५ हजार रुपैया मोल पाउने अपेक्षा गरेको थिएू,' राई भन्छन्,
'चिनजानकै कृषक भएकाले त्यतीमै सहमत हुनुपर्यो ।' भखरै व्याएको गाईले
दुईवटा बहर जन्माएको थियो । राईसूग त्यस्तै जातका अरु तीनवटा गाई छन् ।
यसअघि फिक्कल क्षेत्रवाटै ७० हजार रुपैयाू मूल्य तिरेर गाई लगेका
भट्टराईले व्यवसायिक पालन गर्न महंगो रकम तिरेको वताए । 'चार दिन बसेर
दुध दुहुदा चित्त बुझेपछि त्यती मूल्य हाल्न तयार भएको हुू,' उन्ले भने ।
एकदिनमा २८ लिटर दुध दिने होलिस्टियन फिजियन जातको गाईको मूल्य यस
क्षेत्रको सवैभन्दा उच्च भएको आइतवारेस्थित पशुसेवा केन्द्रका प्राविधिक
कृष्णचन्द्र झाले वताए । 'यो क्ष्ाेत्रमा होलिस्टेन जातका दुधालु
गाईपाल्ने क्रम बढ्दै गएपछि मूल्य राम्रो पाउन थालेका छन्' उन्ले भने ।
केन्द्रका अुनसार यो क्षेत्रमा ५० प्रतिशत होलिस्टेन गाइ छन् ।
उन्कै छिमेकी पूष्प अधकारीलाई एउटै गाईको आम्दानीले घर व्यवहार चलाउन
पुरयाएको छ । दैनिक २५ लिटरसम्म दुध दिने गाईको दुध बिक्रीवाट उन्ले
मासिक १५ हजार रुपैयाूसम्म आम्दानी लिने गरेका छन् । छ वर्षको गाईलाई
ग्राहकले १ लाख १० हजार मूल्य दिएको उनले बताए । त्यही गाईको कोरली
धनकुटा सिजुवाका जनार्दन भट्टराईले ८४ हजार मूल्यमा लगेका थिए । यस
क्षेत्रका कृषकले पालेका होलिस्टेन गाइको कोरलीको मूल्य अहिले एकलाख
रुपैयाू हाराहारीमा छ ।
होलिस्टेन जातका गाई पाल्ने तीनवटा गाविसवाट मात्र दैनिक ९ हजार लिटर दुध
बिक्री हुने गरेको सेवा केन्द्रका झाले वताए । 'पूर्वी गोदक, लक्ष्मिपुर
र पञ्चकन्याका कृषकले यतिधेरै मात्रामा दुध उत्पादन गर्नु फस्टाउदो
व्यवसायिकगाई पालनको उदाहरण हो,' उन्ले भने । गाइपालनलाई मूख्य आम्दानीको
स्रोत बनाउदै आएका पञ्चकन्याकाअनन्त भट्टराईले एउटा गाईको मूल्य १ लाख १
सय रुपैयाँ लिएका थिए ।
उन्नत जातका गाइको खोजीका लागि यहाँ जिल्लाबाहेक, झापा, मोरंग, धनकुटा,
सीमापारी सिलीगुडी, पोख्रेबुङलगायतका क्षेत्रका कृषक आइरहने स्थानीय
वताउछन् । २०४५ सालमा होलिस्टेन जातको गाइपाल्ने क्रम त्यस क्षेत्रमा
सुरु भएक
No comments:
Post a Comment