Wednesday, September 12, 2012

लण्डन गएका नेपाली अधिकारीले सुटुक्कै ल्याए मोबाइल, फिर्ता गर्न ताकेता

२७ भदौ, काठमाण्डौं । नेपालको प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा गएका
नेपाली अधिकारीहरुले त्यहाँ बस्दा पाएको सामान्य मोवाइल लुकाएर नेपाल
ल्याएको पुष्टि भएको छ । आयोजकले मोवाइल फिर्ता गर्न वा सो बराबरको पैसा
तिर्न इमेल गरेको छ ।
गत साउन १२ देखि ३० सम्म लन्डनमा भएको ओलम्पिकमा नेपाली अधिकारीका रुपमा
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रबबहादुर प्रधान, उपाध्यक्ष तथा नेपाली
टोलीका सेभ द मिसन गंगाबहादुर थापा, महासचिव जीवनराम श्रेष्ठ र
सहकोषाध्यक्ष छिमी गुरुङले प्रतिनिधित्व गरेका थिए ।
आयोजकले ओलम्पिकमा सहभागी सवै देशका प्रतिनिधिलाई जस्तै नेपालीलाई पनि
सामसुङ ग्यालेक्सी सेट दिएको थियो । खेल अवधिभर आफ्ना खेलाडी तथा
अधिकारीबीच समन्वय गर्न भनि दिएको मोवाइल फिर्ता नगरी नेपाल फर्किएपछि
आयोजनले फिर्ता गर्न वा सो बराबरको रकम ४४ पाउण्ड – करिब २०हजार रुपैयाँ
तुरुन्त तिर्न पत्राचार गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
नेपालका प्रतिनिधि तथा ओलम्पिक कमिटीका महासचिव जीवनरामले भने सम्झनाका
लागि मोवाइल ल्याएको भन्दै सो बराबरको रकम तिर्ने बताएका छन् ।

No comments:

Post a Comment