२७ भदौ, काठमाण्डौ । बैदेशिक रोजगारीको कोटा ल्याउन ब्यबसायीले दिने भिसा
र कमिसनका लागि बाषिर्क सवा १९ अर्ब हुण्डीमार्फत बिदेशिने गरेकोछ ।
ब्यबसायीहरुका अनुसार मलेसिया र खाडी मुलुकबाट रोजगारीको कोटा ल्याउन र
एजेन्टलाई कमिसन दिन प्रतिब्यक्ति औसत ५० हजार रुपैयाँ
हुण्डीमार्फतपठाउने गरिन्छ ।
गत बर्ष ३ लाख ८४ हजार ५ सय युवा बैदेशिक रोजगारीमा गएका छन् । यसअनुसार
भिसा र कमिसनका लागि ब्यबसायीले १९ अर्ब २२ हजार रुपैयाँ पठाएको देखिन्छ
। ब्यबसायीका अनुसार तल्लो बर्गका कामदारका लागि ४० हजार र केही दक्ष
जनशक्तिका लागि ७० हजार रुपैयाँसम्म कमिसन तिर्नुपर्छ । मुलुकबाट रकम
पठाउने बैधानिक माध्यम नभएकाले यसरी अबैधानिक तरिकाले रकम पठाउनु परेको
म्यानपावर ब्यबसायीहरुले बताएको नागरिकको परिष्टाङ्कमा छापिएको छ ।
हुण्डीमार्फत पठाउनु अबैध हो भन्ने जान्दा जान्दै यसरी पठाउनु बाध्यता
भएको वैदेशिक रोजगार ब्यबसायी संघका उपाध्यक्ष कुमुद खनालले बताए । दुई
बर्ष अघि नै राष्ट्र बैंक र नेपाल सरकारलाई बैधानिक बाटो खोल्न आग्रह
गरेपनि त्यसो नभएको खनालले दावी गरे । म्यानपावर ब्यबसायीले अन्तिम
स्वीकृतिका आधारमा रकम पठाउने सुबिधा दिन माग गरेपनि राष्ट्रबैंकले
कामदार स्वयं उपस्थीत हुनुपर्ने सर्त राखेका कारण समस्या आएको खनालले
बताए ।
तर राष्ट्रबैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने प्रमाण पुर्याएर आए
म्यानपावर ब्यबसायीलाई डलर सटही सुबिधा दिन सकिने बताए । प्रमाण
नपुग्नेलाई सटही सुबिधा दिन नसकिने ज्ञवालीले वताए ।
No comments:
Post a Comment