२१ भदौ, नुवाकोट । परीक्षामा अनुर्तिण भएपछि आत्महत्या गर्ने
विद्यार्थीको संख्या बढेको छ । नुवाकोटमा एसएलसीको पुरक परीक्षा दिएकी
बेल्कोटगाउँ विकास समिति वडा नं. १ का १८ वर्षकी गोमा पाण्डेले विष सेवन
गरी आत्महत्या गरेकी छन् । उनको उपचारका लागि त्रिशुली अस्पताल लैजादै
गर्दा बाटैमा मृत्यु भएको हो ।
यस्तै श्रीमतीसँग झगडा परेर बेल्कोटकै वडा नम्बर दुईका ४० बर्षका साइला
विश्वकर्मालेले पनि विष पिएर आत्महत्या गरेका छन् । श्रीमान् श्रीमतीको
सामान्य घर झगडा पछि विकले खेतबारीमा प्रयोग गर्ने बिष सेवन गरेको
प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. ६ इनारपाटीकी १८ वर्षकी बिनीकुमारी
कुमालले पनि घरमै झुण्डिएर आत्महत्या गरेकी छन् । तीनवटै मृत्युका
घटनाबारे अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी
निरिक्षक प्रल्हाद अधिकारीले बताउनुभएको छ ।
No comments:
Post a Comment