Thursday, September 13, 2012

बिदेशी नभेट्न गृहका कर्मचारीलाई कडा निर्देशन

बिदेशी कुटनीतिक नियोगका सार्वजनिक कार्यक्रममा सहभागी हुन र उनीलाई
भेट्न नपाउने गरि गृह मन्त्रालयले आफ्ना मातहतका सुरक्षा निकायका
प्रमुखहरुलाई निर्देशन दिएको छ ।
कुटनीतिक नियोग, एनजीओ, आइएनजीको कार्यक्रममा सहभागी भएर नेपालको नीति
बिपरित सार्वजनिक अभिब्यक्ति दिने, सरकारका संबेदनशील सूचना सेयर गर्ने
गर्न थालेपछि सरकारले यस्तो निर्देशन दिएको हो । भेट्नै पर्ने भए गृह
मन्त्रालयसँग स्वीकृति लिएर मात्र भेटन गृह मन्त्रालयले कडा निर्देशन
दिएको आजको नेपाल समाचारपत्र दैनिकले छापेकोछ ।
अबदेखि सुरक्षा निकायका सदस्यले बिदेशी भेट्नुपरेमा कारणसहित गृह
मन्त्रालयमा स्वीकृतिका लागि निबेदन दिनुपर्ने छ । कारण चित्तबुझ्दो
लागेमा गृहले अनुमति दिन सक्नेछ । बिना सूचना बिदेशी भेटेको पाइएमा
त्यस्ता अधिकारीलाई कडा कारवाही गर्ने बताइएको छ ।
पछिल्ला दिनमा शक्ति राष्ट्रका राजदूतहरुले प्रहरी प्रमुखहरुलाई भेट्ने
उनीहरुलाई सहयोग गर्ने लगायतका गतिबिधि गरि सुरक्षानिकायमा प्रभाव जमाउने
प्रयत्न गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।
सुरक्षा निकाय सुधारका नाममाबिदेशीले दिने सहयोग नस्वीकार्न पनि गृहले
मातहतका नियकालाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment