२८ भदौ, काठमाण्डौं । सरकारले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न चिनी र
घिउ-तेल उद्योगले मात्रै झन्डै २ अर्व रुपैयाँ मूल्य अभिवृद्धि कर
(भ्याट) फिर्ता लगेका छन् ।
स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नाममा सरकारले फिर्ता दिने भ्याट
सीमित उद्योगीको व्यवासय धान्ने स्रोतको रुपमा प्रयोगभएको खबर कारोबार
दैनिकले छापेको छ । सरकारले छुटमात्रै दिने र त्यसको सदुपयोगको मूल्यांकन
र अनुगमन नगर्दा उपभोक्ताबाट उठाएको करोडौं राजस्व बर्सेनि त्यस्ता केही
उद्योगीको खल्तीमा गइरहेको छ।
चिनी बिक्रीबाट उठेको भ्याटको ७० प्रतिशत तथा बनस्पति घिउ र तोरीको तेलमा
५० प्रतिशत उद्योगीले सरकारबाट फिर्ता पाउँछन् । गएको बर्ष वनस्पति घिउ
तथा तेलबाट उद्योगीले झन्डै १ अर्व ९ करोड रुपैयाँ भ्याट फिर्ता लिएका
थिए ।
No comments:
Post a Comment