Tuesday, September 4, 2012

एक रातमै लाख असुल्छन् ट्राफिक प्रहरी

१९ भदौ, काठमाण्डौं । उपत्यकाको चक्रपथ तथा आसपासका क्षेत्रमा अनाधिककृत
रुपमा गरिने बस पार्किङबापत ट्राफिक प्रहरीले एकै रातमा लाखभन्दा बढी
असुल्ने गरेको खुलासा भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत गौशाला, कोटेश्वर, स्वयम्भु,
कलंकी लगायत प्रभागका इन्चार्जले जथाभावी बस पार्किङ गर्न दिएर
व्यवसायीबाट रकम असुल्दै आएका छन् ।
एकरात पाकिङ गरेवापत ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म उठाउने गरेको
आजको नागरिक दैनिकमा खबर छ । यसरी उठाएको रकम राजश्वमा जम्मा भएको
देखिदैन् । कोटेश्वर, बालकुमारी, गौशाला, जडिबुटी,कलंकी, स्वयम्भु लगायत
क्षेत्रमा एक रात बस पार्किङबापत व्यवसायीले त्यहाँका ट्राफिक
इन्चार्जलाई एकहजार रुपैयाँसम्म बुझाउने गरेका छन् ।

No comments:

Post a Comment