अरु कुराले पछाडि रहेपनि एशियालीहरु रक्सी खाने मामिलामा भने युरोप तथा
अमेरिकीभन्दा पनि अघि रहेको पाइएको छ । एक नयाँ अध्ययनले एशिया महादेशले
रक्सी खपतको आँकडामा विश्वका अरु महादेशलाई निकै पछि छाडेको देखाएको छ ।
यूरोमनिटर नामको संस्थाले गरेको अध्ययन अनुसार प्रतिव्यक्ति खपतको
हिसाबले नभइ कुल खपतको हिसाबले एशियालीहरु सबैभन्दा जँड्याहाको पहिलो
नम्बरमा परेका हुन् । तर प्रतिव्यक्ति रक्सी खपतको हिसाबले भने युरोपेली
मानिसहरु अगाडि छन् । विश्वमा प्रतिव्यक्ति सबैभन्दा बढि रक्सी खपत
गर्नेमा चेक रिपब्लिकका जनता एक नम्बरमा पर्छन् । त्यहाँका हरेक मानिसले
वर्षमा औषतमा १ सय ७४ लिटर रक्सी खान्छन् । दोश्रो नम्बरमा आयरल्याण्ड
रहेको छ भने पहिलो दश मध्ये ८ स्थानमा युरोपेली देशले नै कब्जा जमाएका
छन् ।
एशियाली देशको कुरा गर्दा प्रतिव्यक्ति रक्सी खपतको हिसाबले जापान एक
नम्बरमा छ । एक जना जापानीले एक वर्षमा औषतमा ६४ लिटर रक्सी खान्छ ।
सायद जनसंख्या पनि धेरै भएर होला एसिया महादेशले रक्सीको कुल खपतको
हिसाबमा सन् २००७ मै अरु महादेशलाई पछाडि पारेको हो । उक्त संस्थाका
अनुसार सन् २०११ मा मात्रै एसियाका मान्छेहरुले ६७ अर्ब लिटर रक्सी खाए ।
जबकी सो एक वर्षमा अमेरिकनहरुले ५७ अर्ब तथा युरोपेलीहरुले ५१ अर्ब लिटर
रक्सी सिध्याए ।
उक्त संस्थाका अनुसार युरोपेली तथा अमेरिकी देशहरुमा आर्थिक मन्दीका कारण
पनि रक्सीको खपतमा कमी आइरहेको छ । तर एसियाली देशहरुमा भने रक्सीको खपत
बढिरहेको पाइएको छ । आगामी ४ वर्षसम्म एशिया प्रशान्त क्षेत्रमा रक्सीको
खपत४.८ प्रतिशतले बढ्ने अनुमान छ ।
स्मरण रहोस् विश्वमा सबैभन्दा बढी वियर उत्पादन गर्ने देश पनि एशियाली
मुलुक चीन हो । चीनले हरेक वर्ष झण्डै ४४ अर्ब लिटर बियर उत्पादन गर्छ ।
जबकीअमेरिकाले २३ अर्ब, ब्राजिलले १२ अर्ब तथा रुसले १० अर्ब लिटर बियर
उत्पादन गर्ने गरेको छ ।
No comments:
Post a Comment