headlines and breaking news from nepal and World on business, sports, entertainment, ...
Sunday, September 16, 2012
प्रधानमन्त्री चढेको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण
5 ३१ भदौ, सुर्खेत । प्रधानमन्त्री डा वावुराम भट्टराई चढेको हेलिकोप्टर सुर्खेत विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । जुम्लावाट कालिकोटका लागि उडेको हेलिकोप्टर मौसममा खराबी आएपछि आइतवार विहान सवा १० बजेतिर सुर्खेतमा अवतरण गरिएको हो । प्रत्येक महिनाको अन्त्यमा जनताका घरमा एक रात बास बस्ने नियमित कार्यक्रम अन्तरर्गत प्रधानमन्त्री भट्टराई शनिवार जुम्ला पुग्नु भएको हो । यसअघि हिजो जुम्ला जाने क्रममा पनि मौसममा खराबी आएपछि बाँकेको कचनापुरमा आकस्मिक अवतरण गरिएको थियो । अवतरणपछि प्रधानमन्त्री भट्टराई बाँकेको नेपालगञ्ज पुगी दिउँसो जुम्ला प्रस्थान गर्नु भएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment