४ भदौं, काठमाण्डौं । चाडपर्व नजिकिँदै गएका बेला चिनी र चामलको भाउ ह्वात्तै बढेको छ । एक महिनामा राजधानीमा चिनीको खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ बढेको छ । विगत दुई महिनामा चामलको मूल्य प्रतिकेजी १२ रुपैयाँसम्म बृद्धि भएको छ । उत्पादक र आयातकर्ता मिलेर भाउ बढाएको साना व्यपारीको भनाई छ । उत्पादक र आयात कर्ताले भने भारतमै मूल्यबृद्धि भएकाले भाउ बढाउनु परेको दाबी गर्दछन् ।
‘उत्पादकहरुले कार्टेलिङ गरेर भाउ बढाएका हुन,’ किराना व्यापार संघका उपाध्यक्ष पुरुषोत्तम मानन्धरले भने,’नियन्त्रण गर्न सरकारले चासो दिँदैन ।’ एक महिना अघि राजधानीमा किलोको ७० रुपैयाँमा पाईने चिनीको भाउ अहिले ९० रुपैयाँ पुगेको खबर नागरिक दैनिकमा छ । राजधानीका अधिकांश स्थानमा अहिले चिनी ९० रुपैयाँ प्रतिकेजी विक्री भईरहेको छ ।
चामलको भाउ पनि बढेको व्यापारीको भनाई छ । विगत दुई महिना यता चामलमा प्रतिकेजी ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म बढेको व्यापारीहरु बताउँछन् ।
No comments:
Post a Comment