Monday, August 20, 2012

प्रधानमन्त्रीलाई इरान नजान अमेरिकाको सुझाब

४ भदौं, काठमाण्डौं । इरानमा हुने असंलग्न राष्ट्रको १६ औ शिखर सम्मेलनमा ‘सहगागिता नजनाउँदा नै राम्रो हुने’ भन्दै अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराईले कुटनैतिक सुझाब पाएका छन् ।
काठमाण्डौंस्थित अमेरिकी दूतावासका वरिष्ठ अधिकारीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर यस्तो कुटनीतिक संकेत जाहेर गरेका हुन् ।
भदौ दोस्रो साता इरानको राजधानी तेहरानमा हुने सम्मेलनमा सहभागी हुने भनेर प्रधानमन्त्री भट्टराई, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित १४ पदाधिकारीको नामलाई गत शुक्रबार मन्त्रिपरिषदले पारित गरिसकेको छ । ‘सम्मेलनमा परराष्ट्रमन्त्रीकै तहमा सहभागिता हुन सकेमा राम्रो हुने, प्रधानमन्त्रीको सहभागिता जरुरी छैन,’ गत साता परराष्ट्र पुगेका अमेरिकी अधिकारीको भनाई उदृत गर्दै परराष्ट्रका एक अधिकारीले जानकारी दिएको खबर कान्तिपुरदैनिकले छापेको छ ।

No comments:

Post a Comment