२० साउन, काठमाण्डौं । शनिबारको विहान छुट्टि भएकाले सम्झना श्रेष्ठ बारीमा खर काट्न जाँदै थिईन् । उनको घर पश्चिम बाटोमा नै खड्गबहादुर श्रेष्ठको घर पर्दछ । तेह्रदिने दाजुभाई, ३१ बर्ष जेठा, नातामा हजुरबुवा ।
खड्गबहादुरकै आगन भएर सम्झनाको परिवार घर-खेत, बजार, स्कूल आउजाउ गर्छ । खड्गबहादुर धेरै जसो रक्सिले मातेर बसेका हुन्थे र उनी जसलाई बोलाउँदा पनि अश्लील शव्द प्रयोग गरेर बोलाउने गर्दथे । सम्झना पनि मौन प्रतिवादमात्र गर्थिन ।
काभ्रे, भुम्लुटार । २०६५, माघ ४ । त्यसदिन सम्झना आँगन हुँदै हिड्दा खड्गबहादुरले अश्लील शव्दमात्र बोलेनन्, हाल समाएर एकतले घरको मझेरीमा ताने । सम्झनालाई कुनै गल्तिविना बाटो आउजाउ गर्दा खड्गबहादुरको अश्लील शब्द सुन्दा मानसिक पिडा हुन्थ्यो । त्यो दिन जवरजस्ति गरी शारीरिक पिडा दिन खोजेका थिए ।
सम्झनाले सहन सकिनन् । खड्गबहादुरको पन्जाबाट आफुलाई छुटाई सतित्व रक्षा गर्न नजिकैको कोदालाको बिँड समातिन र भकाभक खड्गबहादुरलाई हानिन् । सम्झनाका अनुसार रक्सीले मातेका थिए खड्गबहादुर । उनको चुटाईले मझेरीमा लडे । लडेको थाहा पाएपछि सम्झना बेहोसिमै घर फर्किन ।
एकछिन पछि खड्गबहादुरको आगनभरि पुलिससहित गाउँलेको हुल जम्मा भयो । पुलिसले घटना छानविन गर्यो । सम्झनाले माथिकै बयान दिईन् । त्यो दिन पुलिसले उनलाई ‘बहिनी तिम्रो गल्ति रहेनछ, घर जानुस्’ भन्दै पठाएका थिए । घर आईन् । राती सुत्ने बेलामा खबर आयो ‘खड्गबहादुर हजुरवा बिते ।
भोलीपल्ट धुलिखेल जानुपर्ने भएकाले उनी विहानै घरबाट निस्किन । कालीमाटीमा रहनुभएका मामाको निमन्त्रणामा धुलिखेल जाने कार्यतय भएको थियो । कालीमाटीमा भेला भएर धुलीखेल जानेक्रममा सम्झनालाई बाटैमा पुलिसले पक्रेको उनकी बहिनी सजनाले बताईन् ।
कक्षा १२ मा पढ्दै गरेकी सम्झना विगत साढे तीन बर्षदेखि जेलमै छिन् ।
उक्त घटनाको १० घण्टा पछि खड्गबहादुरको ज्यान गएको थियो । त्यसपछि उनको परिवारले सम्झना विरुद्ध ज्यान मुद्धा हाल्यो । खड्गबहादुरका छोरा खेतबहादुर र श्रीमती सीता लगायतका थुप्रै साक्षिहरुले सम्झनाले कोदालाको विँडले हानेर हत्या गरेको बयानमा उल्लेख गरेका थिए । पोष्टमाटमको रिर्पोटबाट पनि कुटाईबाट गम्भिर चोट लागेको, विभिन्न ठाउँमा हड्डी फुटेको र अधिक रक्त श्रापका कारण ज्यान गएको तथ्य खुलेपछि अदालतले सम्झनाले मार्ने योजना नबनाएकाले आत्मरक्षाका क्रममा ज्यान गएको भन्दै जन्मकैदकोफैसलामा न्यायाधीशको राय राखि २० बर्षको सजाय पाँच बर्षमा झारेका हुन् ।
सम्झना र उनको परिवारलाई मुद्दासम्बन्धी कुरा थाहा नभएकाले आफुमाथि जवरजस्ती करणी उद्योगको मुद्धा हाल्न सकेनन् । घटनाको एक सातापछि बहिनी सजनाले अभियोग पत्र दिए पनि ढिलो गरिएको भन्दै त्यसलाई सम्बोधन गरिएको थिएन् ।
घटना अघि गाउँकै एक विद्यालयमा पढाउँदै गरेकी सम्झनाले आफ्नो अध्ययनलाई भने निरन्तरता दिईन् । उनले अहिले वि ए तेस्रो बर्षमा अध्ययन गरिरहेकी छन् भने जेलमा रहेका निरक्षरहरुलाई पनि पढाईरहेको खबर नागरिक दैनिकले छापेको छ ।
पुनरावेदन अदालतले गरेको फैसला अनुसारको उनको सजाय आउँदो माघ पाँच गते सकिँदैछ । तर, सर्वोच्च अदातलमा मुद्धा पेसीमा भदौ अन्तिम साताका लागि मात्रै चढेको छ । सर्वोच्चको थुनुवा शाखाका अनुसार मंसिरमा पेसीमा ठाउँ नै खाली छैन् । सम्झनाको कैद नै सकिन लागेकाले उनको पेसी बीचमा घुसाईएको हो । जेलमा विताउनु पर्ने समय थोरै भएपनि अव समाजमा भोग्नुपर्ने मानसिक तनावको उनमा पिर रहेको छ । उनले भनिन् ‘अब मैले कैदी बनेर घर जानुपर्छ, मैले गल्ती नगरे पनि यसलाई स्वीकार गरिसकेँ तर यो घटना समाजमा मलाई हैन, मेरो परिवारलाई नै अपराधि देख्छ, मेरो बुवाले कसरी सहनुहोला ?’
No comments:
Post a Comment