Friday, May 4, 2012

पाँच बुँदे सहमति, भट्टराईकै नेतृत्वमा सहमतिको सरकार, जेठ १४ अगावै काँग्रेसलाई नेतृत्व

काठमाडौ, वैशाख २२ - तीन दल र स‌युक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच दुई दिन भित्र प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार निर्माण गर्नेलगायतका पाँच बुँदेसहमति भएको छ । सहमति अनुसार जेठ १४ अगाडी नै सरकारको नेतृत्व काँग्रेसले पाउने छ ।
बुधबार दोस्रोपटक बसेको बैठकले राति १२ बजे दलहरुबीच सहमतिको सरकार गठन र स‌विधान निर्माणका विषयमा सहमति जुटेको हो । यसअघि सरकारमा रहेका माओवादी र मधेसी मोर्चाका सबै मन्त्रीहरुले राजिनामा दिएका थिए ।
दलहरुबीच भएको सहमतिको बुँदा न‌म्बर ३ मा जेठ १४ अगावै स‌विधान घोषणा गर्ने र सविधान घोषणा गर्नुअघि वर्तमान प्रधानमन्त्रीले राजिनामा दिइ नेपाली काँगरेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उल्लेख गरिएको छ । साथै उक्त सरकारले एक बर्षभित्रमा राष्ट्रिय निर्वाचन सम्पन्न गराउने पनि सहमतिमा उल्लेख छ ।
त्यसैगरी सहमतिको बुँदा नम्बर १ मा सरकारमा रहेका सबै मन्त्रीहरुले राजिनामा दिइसकेको अवस्थामा दुई दिन भित्र सहमतिको सरकार गठन गर्ने उल्लेख छ भने बुँदा २ मा स‌विधानको विवादित विषयहरु राज्य पुनर्स‌रचना र शासकीय स्वरुपलगायतका विषय ३ दिनभित्र सहमतिमा टुङ्ग्याउने । सहमति नजुटेका बिषय प्रकृयामा लैजाने उल्लेख गरिएको छ । प्रकृयामा लैजाने भन्नले स‌विधानसभामा मतदानबाट टुङ्गोमा पुग्ने जनाउँदछ ।
सहमतिको बुँदा नम्बर ४ मा शान्ति प्रकृयाका बाँकी कामहरु विगतको सहमति अनुसार अविलम्ब पुरा गर्ने र बुँदा नम्बर ५ मा स‌विधान निर्माणको काम तिब्रता दिन नेताहरुको नियमित बैठक गर्ने रहेको छ ।
माओवादी बैठकमा पहिचान र सामार्थ्यसहितको १० प्रदेशको प्रस्ताव गरेपछि सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन छलफलमा जुटेको काँग्रेस र एमालेका नेताहरु म‌गलबार भारतीय राजदूत जयन्त प्रसादको समेत उपस्थितिमा काँग्रेस महामन्त्री कृष्ण सिटौला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच भएको बार्ता पछि डा. बाबुराम भट्टराईकै नेतृत्वमा सरकारमा जान सहमत भएका हुन् ।
तर, बुधबार दिउँसो एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म यही सरकारमा सहभागी नहुने निर्णय गरेपछि सहमति विथोलिने आश‌का गरिएपनि राति अवेरसम्म बसेको बैठकले प्रधानमन्त्री भट्टराईकै सरकारमा सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको हो ।
प्रकाशित मिति: २०६९ वैशाख २२ १२:०९

No comments:

Post a Comment