२९ भदौ, काठमाण्डौं । वैदेशिक रोजगार विभागले सम्झौताअनुसार कामदार
नपठाएको भन्दै विभिन्न म्यानपावर कम्पनीलाई २४ करोडरुपैयाँ क्षतिपूर्ति
तिराएको छ । विभागले एक बर्षमा यतिधेरै रकम लिएर पीडित कामदारलाई
क्षतिपूर्ति भराएको यो नै पहिलो भएको खबर नागरिक दैनिकले छापेको छ । यो
भन्दा अघिल्ला बर्षमा दिलाएको क्षतिपूर्तिको रकम न्यून रहेको थियो ।
'हामीले एक बर्षमा कानुन बमोजिम कारबाही गरेर कामदारलाई क्षतिपूर्ति
भराउन सफल भयौं,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'यो
कारबाहीले कामदारलाई दुईटा सम्झौतापत्र बनाएर पठाउने प्रवृति घटेको छ ।'
वैदेशिक रोजगारीमा गएका कामदारले रोजगार करारनामा अनुसार सर्त पूरा
नगरेको ४ सय ५९ उजुरीका आधारमा विभागले यो क्षतिपूर्ति भराएको हो । उनले
कामदार र म्यानपावर व्यवसायीको मुद्दा सकेसम्म विभागमै मिलाउने गरेको
बताए ।
No comments:
Post a Comment