Monday, August 20, 2012

आज ईद-उल-फित्र, विश्वभरकामुस्लिम धमाबलम्बीहरुले धुमधामका साथ मनाउँदै

४ भदौ, काठमाण्डौं । आज ईद-उल-फित्र मुस्लिम धर्माबलम्बीहरुले विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईउँदैछन् । मुस्लिम धर्ममाबलम्बीले यो पर्वमा एकआपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरी भव्यरूपमा मनाउने गरेका छन् ।
मुस्लिम क्यालेन्डरअनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध-वृद्धा, बिरामी, असक्त, प्रसूति महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा (व्रत) अनिवार्य रहेको छ । मुस्लिम धर्ममा १२-१३ वर्षका महिला, पुरुष वालिग मानिन्छ ।
रमजान महिनाभर बसिने रोजा उपवास यस वर्ष साउन ६ गते प्रारम्भ भई आइतबार भदौ ३ गते चन्द्रोदयको दर्शन गरी रोजा मनाइने भए पनि यस वर्ष भदौ ४ गते रमजान मनाउने निर्णय भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो ।
इस्लाम धर्ममा आस्था, नमाज, रोजा, जकात र हज मुख्य पाँच आधारस्तम्भ रहेका छन् । रोजा आस्था र विश्वासको परिपक्वताहुनुको साथै ईद यसको पूर्ण सफलता हो । रोजाको शाब्दिक अर्थ शुद्ध आचरणमा रहनु हो । रमजान महिनाभर सूर्योदय हुनुकेहीअघि र सूर्यास्तको केहीपछिसम्म रोजा बस्ने प्रचलन रहेको छ । रोजामा पानी खान पनि निषेध गरिएको छ । रमजानलाई पुण्यको महिना मानिन्छ । अनाथ तथा गरिबहरूलाई सहयोग गर्नु मुख्य मानिन्छ । रोजा मन, वचन, कर्म, शरीरसँग सम्बन्धित भएकाले अपराधजन्य शब्द प्रयोग, हातखुट्टाको प्रयोग, आँखाको दृष्टि गलत कार्यमा निषेध गरिएको छ ।
ईद-उल-फित्रका अवसरमा प्रत्येक मुस्लिम धर्मावलम्बीले अनिवार्य ६५ रूपैयाँ सद्हा-ए-फिताका नाउँमा मस्जिदमा जकात (दान) दिने, सामूहिकरूपमा नमाज पढ्ने, वाषिर्क आम्दानीको २.५ प्रतिशत रकम अनिवार्य गरिब-गुरुवालाई जकात दिने गरिन्छ । जकातले आफ्नो सन्चित धन शुद्ध हुने विश्वास गरिन्छ ।
जकातबाट सङ्कलित रकम मदरसा सञ्चालन, इस्लाम धर्मको प्रचारप्रसार, गरिबको लालनपालन, अनाथको शिक्षादीक्षा आदिमा खर्च हुने सचिव मन्सुर बताउनुहुन्छ ।
रोजा समाप्तीको दिन आफूभन्दाठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, एकआपसमा शुभकामना आदानप्रदान गरी विशेष खानाकोरूपमा गहुँबाट तयार गरिएको सेवई तथा लच्छा सामूहिकरूपमाखाने प्रचलन रहेको छ ।
ईद-उल-फित्रको शुभकामना
राष्ट्रपति डा रामवरण यादवलेमुस्लिम धर्मावलम्बीको महान पर्व ईद-उल-फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
ईदको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले हाम्रा सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धन गर्दै समाजमा आपसी एकता, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति ईद उल फित्र पर्वले हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्नुभएको छ ।
यसैगरी उपराष्ट्रपति परमानन्द झाले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको शुभ अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री डा बाबुराम भट्टराईले इस्लाम धर्मावलम्बीको ईद -ईदुल्ल फित्र) महत्वपूर्ण चाड हर्षोल्लासपूर्ण तरिकाले मनाइरहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीप्रति ईद मुवारक व्यक्त गर्नुभएको छ ।
त्यस्तै काँग्रेस उपसभापति रामचन्द्र पौडललगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिनुहुँदै ईदको शुभ अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा शान्ति र समृद्धिका साथै यस पावन पर्वले जीवनमा हर्ष र उल्लासको कामना गर्नुभएको छ ।

No comments:

Post a Comment