Monday, August 20, 2012

नेपाल प्रहरी र सशस्त्रकोटोली शान्ति मिसनमा सुडानजान नपाउने ?

४ भदौं, काठमाण्डौं । शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ (युएन) मिसनमा खटिने नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीलाई सुडान सरकारले अस्वीकार गर्ने भएकोछ । सुडान सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी अरेबिक भाषमा कमजोर रहेको भन्दै तत्काल भिसा दिन अस्वीकार गरेको हो ।
सुडान सरकारले सोको जानकारी नेपाल प्रहरीको युएन शाखालाईपनि दिईसकेको छ । सुडान सरकारले नेपाल प्रहरीलाई जलाई तेस्रो साता पठाएको पत्रमा नेपालसहित बंगलादेश, पिलिपिन्स, नाईजेरियालगायतका पाँच मुलुकका प्रहरी अरेविक भाषामा कमजोर रहेकाले भिसा दिन नसकिने उल्लेख गरिएको खबर राजधानी दैनिकमा छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) विनोद सिंहले सुडान सरकारले अरेविक भाषा जान्नेलाईमात्र पठाउन भनेको बताएका छन् । ‘सुडानमा हाम्रो मिसन पुरै रोकिएको भने होईन, भाषा समस्या परेको मात्रै हो,’ प्रवक्ता सिंहले भने ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नारायण थापाले पनि राष्ट्रसंघले सुडान मिसनमा अरेबिक भाष जान्ने सुरक्षाकर्मी मात्रै खटाउन अनुरोध गरेको बताए । ‘हामीलाई भिसा लाग्दैन भन्ने कुराको लिखित जानकारी आएको छैन्, अनौपचारिक रुपमा भिसा दिन ढिलाई गर्ने संकेत मात्रै हो,’ डीआईजी थापाले भने ।

No comments:

Post a Comment