Wednesday, August 29, 2012

११ दिन थुनेर सिडिओले भने, 'थुनेकै छैन'

गैरकानुनी रुपमा थुनामा राखेको ठहर गर्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिल्ला अदालत ले कारण देखाउ आदेश जारी गरेपछि त्यसको प्रतिउत्तरमा जाहेरवालालाई नथुकेको जवाफ दिईएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर कमलबहादुर रजौरेले विना कारण ऐसेलुखर्क–७ का लालबहादुर गुरुङलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।
यसमाथि जिल्ला न्यायधिस प्रकाशकुमार काफ्लेको सोमबारको एकल इजलासले २४ घण्टाभित्र कारण देखाउ आदेश जारी गरेपछि थुनुवालाई त्यसै रात छाडिएको थियो । गुरुङ भदौ १ गते दिक्तेल बजारबाट समातिएकाथिए ।
प्रजिअ नेपालले आफूहरुले नथुनेको बताए । ‘हामीले थुनेकै छैनौ’ प्रजिअले भने, ‘एकै रात पनि समातिएको छैन कसरी उजुरी पर्यो ?’ गुरुङका कानुनी सल्लाहकार देवराज थुलुङले भने विना कारण एघार दिन थुनेको बताएका छन् । ‘भदौ १ गते पक्राउ गरेर ११ गते प्रशासनमा हाजिर गराएको प्रमाण छ,’ उनले थपे–‘एघार दिनसम्म गैरकानुनी थुनेर ढाँट्न मिल्दैन ।’

No comments:

Post a Comment