Wednesday, August 15, 2012

प्रधानमन्त्री बाबुराम चेपाङ भेट्न आउँदै

चाँदनी हमाल, चितवन, साउन ३१ -प्रधान मन्त्री बाबुराम भट्टराई चितवनका चेपाङ भेट्न आज सिद्धी पुग्दैछन्। उनी सिद्धी जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था निक्कै कडा पारिएको छ। भरतपुरदेखि सिद्धीसम्म सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रधानमन्त्री दिउँसो साढे एकबजे वुद्ध एयरबाट भरतपुर आइपुग्दैछन्।
उनले भरतपुरको प्रहरी तालिम केन्द्रको निरीक्षणपछि सिद्धी जने कार्यक्रम तय गरिएको छ।
प्रहरी प्रमुख भुपालकुमार भण्डारी सुरक्षा व्यवस्थित गर्न दुईदिनअघिदेखि सिद्धी खटिएका छन। शक्तिखोरदेखि नै प्रधानमन्त्रीको स्वागत र सुरक्षाको तयारी भएको छ।
त्यस्तै नेपाली सेनाको भरतपुरस्थित शमशेरदल गणका गणपति ज्योतिन्द्र महतले पनि सुरक्षाका लागि सेनाको टोली सिद्धी पठाउँदैछन्। खाद्यान्नअभावमा परेको चेपाङ समुदायलाई प्रधानमन्त्रीले एकहजार किलो चामल र कम्बलहरु दिँदैछन्। उनले गरिबी निवारण कोषबाट तीनकरोड बढीको सहयोग चेपाङका लागि दिने उनका स्वकीय सचिव विश्वदिप पाण्डेले बताए। लोपोन्मुख जातिको सुरक्षा र विकासका लागि सो रकम खर्चिने उनले बताए। प्रधानमन्त्री चेपाङसँग भलाकुसारी गर्न आउने भएपछि त्यसकै व्यवस्थापनमा खटिएको प्रमुखजिल्ला अधिकारी हिमनाथ दवाडीले बताए।

No comments:

Post a Comment