Wednesday, August 15, 2012

प्रचण्डको नेतृत्वमा नयाँ मोर्चाको घोषणा

३१ साउन, काठमाण्डौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा संघीय लोकतान्त्रिक गणातान्त्रिक मोर्चा गठन भएको छ । होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच मोचार्को घोषणा गरिएको हो । सत्तारुढ दल समर्थक विभिन्न २१ पार्टीले तयार पारेको नयाँ संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको घोषणा गर्दै प्रचण्डले राजनैतिक सहमतिका लागि नयाँ सोच भएका दलहरुको मोर्चा गठन गर्न लागिएको जानकारी दिनुभयो ।
नयाँ संविधान, राज्यको पुर्नसंरचना, संघीयता लगायतका विषयमा समान धारणा भएका दलहरुबीचको मोर्चाले देशको राजनैतिक संकट समाधान गर्ने प्रचण्डको भनाई छ ।
सहमतिबाट मात्रै समस्या समाधान हुने भएकाले सवैदलसँग सहमति गर्नका लागि मोर्चा गठन गरिएको भन्दै प्रचण्डले यो मोर्चाले आम नेपालीको भावना अनुसार काम गर्ने पनि स्पष्ट पार्नुभयो ।
संविधानसभा विघठनको प्रशंग उल्लेख गर्दै प्रचण्डले अन्तिम सयमसम्म पनि संविधान जारी हुने आफुहरु आशाबादी रहेपनि अन्तिम चरणमा संविधान बन्न नसकेको भन्दै सरकारले बाध्य भएर संविधानसभाको नयाँ मिति घोषणा गरेको बताउनुभयो । आफु संविधानसभाको विवाद समाधान उपसमितिको अध्यक्ष भएको हिसावले पनि धेरै काम र कदमी चालेको भन्दै उहाँले केही दलहरुको प्रक्रियागत कमी कमजोरीले संविधान जारी नभएको बताउनुभयो ।
अहिलेकै अवस्थामा दलहरुबीच सहमति नहुने भएकाले समान विचार भएका दलहरुबीचको मोर्चाको आवश्यकता भएकाले यसको महसुश भएको र सवै दलहरु क्रममा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चामा सहभागी हुने आशा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment