बिरामीलाई समयमा र सन्तुलित खाना खानुपर्छ भनेर सल्लाह दिने डाक्टर तीन दिनदेखि खानु न खुट्नुसँग लम्पसार परेर बसेका छन् । नपाएर र नभएर होइन, यी डाक्टर खान नमानेर थलिएका हुन् । सन्तुलित भोजन र नियमित आहारविहारबारे अरुलाई सिकाउने तर आफैं खान नमान्ने ती व्यक्ति हुन्, राजधानीका शिक्षण अस्पताल महाराजगंजका बरिष्ठ चिकित्सक गोविन्द केसी ।
चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक रुपमा नभई योग्यता र क्षमताको आधारमा डिन नियुक्तिको माग गर्दै डा. केसी दोस्रो पटक आमरण अनसनमा बसेका छन् । पहिले अनसन बसेर फेरि काम शुरु गरेका केसीले दोस्रोपटकआमरण अनसन थालेको तीन दिन भएको छ । आमरण अनसन थालेको दोस्रो दिन नै डा. केसीको माग विपरीत सरकारले डिन नियुक्त गर्यो । यसको बिरोधमा डा. केसीले आन्दोलन चर्काउने त भए नै । उनको आन्दोलनमा समर्थन जनाउँदै अस्पतालका रेसिडेन्ट लगायतका अरु डाक्टर पनि आन्दोलनमा उत्रिएका छन् ।
डाक्टरहरुको आन्दोलनका कारण बुधबार शिक्षण अस्पताल महाराजगंजमा आकस्मिक बाहेकका अरु सबै सेवा पूर्ण रुपमा ठप्प छ । उपचारको लागि अस्पताल पुगेका बिरामी आन्दोलनमा बसेका डाक्टरको मुख हेरेर र्फकन बाध्य भएका छन् । सस्तो र राम्रो उपचार हुन्छ भन्दै शिक्षण अस्पतालमा हरेक दिन २हजारदेखि २५सय बिरामी शिक्षण अस्पताल पुग्ने गर्छन् । तर उपचार गर्नुपर्ने डाक्टर नै खानु न खुट्नुसँग लम्पसार परेपछि र अरु पनि उनीसँगै बसेपछि यतिका बिरामीको बिजोग भएको छ । बिरामीमध्ये कोही नयाँ छन् । धेरै फ्लोअपको लागि पुगेका छन् । नयाँ त अरु अस्पतालमा पनि जान सक्लान् । तर फ्लोअपकाले भने त जसलाई पहिले देखाएको हो, उसलाई नै पर्खनुपर्यो । डाक्टर उपचार नगरी आन्दोलनमा लागेपछि यस्ता बिरामी र उनीहरुका आफन्त समस्यामा परेका छन् ।
समस्या के हो ?
शिक्षण अस्पताल महाराजगंज त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र संकाय अन्तर्गत पर्छ । विश्वविद्यालयमा उपकूलपति नियुक्तिमा त राजनीतिक हानथाप हुने मुलुकमा संकायकोडिनमा पनि यही प्रवृत्ति लागू हुने नै भयो । राजनीतिक नियुक्तिको केही ठाउँमा बिरोध पनि हुने गरेको छ । यसरी बिरोध गर्नेमा शिक्षण अस्पतालका डा. केसी नेतृत्वको एउटा समूह पनि छ । डा. केसी र उनको समूहले पहिलेदेखि नै राजनीतिक नियुक्ति नगर्न दबाब दिँदै आएको थियो । तर विश्वविद्यालयका उपकूलपति डा. हिराकाजी मर्हजनले एकलौटी र्निणयका आधारमा नाक, कान, घाँटी विभागका प्राध्यापक डा.धर्मकान्त बाँस्कोटालाई तीन महिनाका लागि निमित्त डिनको जिम्मेवारी दिए । जिम्मेवारीपाए लगत्तै बाँस्कोटाले मंगलबार नै पदबहाली गरिसकेकाछन् ।
सहमति बिपरीत डिन नियुक्त गरेको भन्दै अस्पतालका चिकित्सक र नेपाल चिकित्सक संघले पनि भत्र्सना गरेको छ । अस्पतालका अनुसार चार वर्षअघि प्राध्यापक भएका बाँस्कोटाभन्दा ५० भन्दा बढीवरिष्ठ प्राध्यापक छन् ।
एमाले कोटामा उपकुलपति भएका महर्जनले आफ्नै पार्टीको सिफारिसमा डिन नियुक्त गरेकाहुन् । बास्कोटाले आफू ३३ वर्षदेखि सेवारत रहेकाले राजनीतिक आधारमा नभएर बरिष्ठताकै आधारमा डिन नियुक्त भएको दावी गरेका छन् । उनले अनसनमा बसेका डा. केसीलाई मंगलबार नै भेटेर आन्दोलन फिर्ता गर्न आग्रह गरेका थिए । तर डा. केसीले मानेनन् । आफ्नो माग बिपरीत राजनीतिक भागभण्डामा डिन बनाइएकाले भन्दै आन्दोलन नरोक्ने केसीको भनाई छ ।
No comments:
Post a Comment