Wednesday, August 29, 2012

'बाबुराम सरकारले नदीनाला बेच्यो'

काठमाडौं, भाद्र १३ - नेकपा-माओवादी का महासचिव रामबहादुर थापा ले पञ्च, कांग्रेस र एमालेले गर्ननसकेको राष्ट्रघाती काम बाबुराम भट्टराई को सरकारले गरेको आरोप लगाएका छन् ।
पार्टी प्रवेश गर्नेका लागि राजधानीमा बुधबार आयोजित कार्यक्रममा थापाले एमाओवादी नेतृत्वको सरकारमा जनताको घृणा रहेको बताए । 'सरकारले राष्ट्रघाती बिप्पा सम्झौता गर्‍यो, नदीनाला, विमानस्थल, संवेदनशील ठाउँ पनि बेचेको छ,' उनले भने ।
थापाले पहिले नायककोरुपमा हेरिएको एमाओवादीलाई अहिले जोकरकारुपमा लिने गरिएको बताए । 'एमाओवादीलाई नायककोरुपमा हेरिन्थ्यो,' उनले भने,'यसैले जनतालाई अपमान गर्ने काम गर्‍यो ।'
जनताले रक्षक ठानेको एमाओवादी पतन भएको दाबी गर्दै थापाले नयाँ माओवादीको जन्म पनि यसैको कारण रहेको बताए ।

No comments:

Post a Comment