१३ भदौ, काठमाडौं । विदेश पठाउने र सरकारी स्तरको बिभिन्न तहको जागीर लागार्इ दिन्छु भनि ५ करोडभन्दाबढी ठगी गरेको अभियागमा मनोज बहादुर सिंहलाई पक्राउ गरेकोछ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बीरगञ्ज १५ घर भई ललितपुर ईमाडोल बस्ने ४० बर्षीय सिंहलाई काठमाडौं रानिबारीस्थित भोजपुरे खाजा घरबाट मंगलबार पक्राउ गरेको हो । उनलार्इ आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ ।
उनको साथबाट विजु कुमाल, राजेन्द् कुमाल, जेपी कुमालको राहदानी, संचार ह्याण्ड सेट(वाकिटक्की), सानो रिवल्भर जस्तो आकार देखिने छालाको खोल(पोज) भित्र राखिएको लाईटर था-, ३ थान चक्कु, रौं सहितको छालाको जस्तो खोल भएको खुकुरी, तुल्सी चौधरी र पुनदेव चौधरीको नाममा नक्कली बेलायतभिषा लागेको फोटोकपि लगायत बरामद भएको छ । उनले विभिन्न व्यक्तिबाट ५करोड २३ लाख ४० हजार भन्दा बढी गठी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।
ब्यूरोका अनुसार अनुसन्धानबाट खुलेका तथ्यहरु :
बेलायत पठाउछु भनि २२ जनासंगप्रति ब्यक्ति रू ४ लाख देखि ८ लाख सम्म लिएको
नेपाल प्रहरीमा जागिरलागाई दिन्छु भनि ३२ जना संग प्रति ब्यक्ति रू ५०,०००/- देखि रू ८०,०००/- सम्म असुली गरीएको।
नेपाली सेनामा जागिरलागाई दिन्छु भनि १२ जना संग प्रति ब्यक्ति रू ५०,०००/- देखि रू ३,००,०००/- सम्म असुली गरेको।
UK पठाउछु भनि नक्कली भिषा उपलब्ध गराएर कुलदेव चौधरीबाट रू ५,००,०००/- लिएको र अन्य १६ जना संग ५ देखि १२ लाख लिएको
तुल्सी चौधर संग UK पठाउछु भनि २४लाख लिएको।
४/५ महिना अगाडि जर्जीया पठाउछु भनि मान बहादुर राई मार्फत दुई जना बाट रू ५,५०,०००/- को दरले रू ११,००,०००/- लिएको।
मिन बहादुर कर्की र सुनिल कार्की समेत २० जना लाई UK पठाईदिन्छु भनि रू १ करोड ५१ लाख लिएको ।
राज किशोर महत्तो सहित १५ जना संग नेपाल प्रहरीमा प्र.ज. पदमा जागीर लागाई दिन्छु भनि ३५ लाख र राष्ट्रिय अनुसन्धानमा लक्ष्मण चौधरी सहित अन्य ६ जना प्र.स.नी पदमा जागीर लागाई दिन्छु भनि ३६ लाख लिएको र प्र.नि पदको लागि संजिव कुमार यादव सहित २ जनालाई २० लाख लिएको।
नेपाल प्रहरी को प्र.ज. पदमा जागीर लागाई दिने भनि खड्क चौधरी लागाएत ६ जना बाट रू १२ लाख लिएको।
No comments:
Post a Comment