Thursday, August 30, 2012

मजदुरको साढे ५ अर्ब उपयोगविहीन

१४ भदौ, काठमाण्डौं । श्रमिकसँग सम्बन्धित दुई कोषमा जम्मा भएको पाँच अर्व ५० करोड रुपैयाँ प्रयोग विहीन भएको छ । उक्त रकम प्रयोग गर्नका लागि आवश्यक अवधारणा तयार नहुँदा मजदूरको हकहितका लागि प्रयोग गर्ने भनिएपनि सो रकम प्रयोग विहीन भएको हो । सामाजिक सुरक्षा कोषमा २ अर्ब ५० करोड र राष्ट्रिय कल्याणकारी कोषमा ३ अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
राष्ट्रियस्तरको कल्याणकारी कोष स्थापना भएको करिब १३ बर्ष भईसकेको छ भने सामाजिक सुरक्षा कोष चार बर्ष अघि स्थापना भएको हो । यति लामो समय वितिसक्दासमेत योगदानकर्ता मजदुरले कुनै सुविधा पाउन सकेका छैनन् । केही मजदुरले सुविधाविनै सेवाबाट अवकासमेत लिईसकेको खबर कारोबार दैनिकमा छ । दुर्घटना, सुत्केरी, अशक्तता,औषधोपचार, बिरामीलगायतका अवस्थामा मजदुरलाई कोषबाट रकम दिने व्यवस्था छ ।

No comments:

Post a Comment