१४ भदौ, दोलाखा । बालिका खरिद गरेको आरोपमा दोलखाको दक्षिणी गाउँ पवटीका एक युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । १५ बर्षकी एक किशोरीलाई ९ हजारमा खरिद गरेर पत्नीका रुपमा राखेपछि प्रकाश सापकोटालाई दोलखा जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको खबर कान्तिपुर दैनिकले छापेको छ । २१ बर्षका प्रकाशसँग ९ हजार लिएर किशोरी बेचेको आरोप लागेकी राधिका सापकोटा सम्पर्कमा आएकी छैनन् । दोलखा उत्तरी गाउँ बाबरे निवासी राधिका नाताले किशोरीकी हजुरआमा पर्छिन ।
दोलखा प्रहरीले प्रकाश र राधिकालाई मानब बेचविखच तथा ओसारपसार अन्तर्गत मुद्धा चालएको छ । टेलिफोन सम्पर्कका आधारमा सम्पर्क भई २०६८ माघ २५ गते भगाएर पत्नीसरह घरमा राखेको जिविर प्रकाशको छ । त्यसैको भोली पल्ट गाउँलेहरु निम्तो गरी पवटीस्थित भैरुङदेबी मन्दीरमा बिहे गरेको प्रकाशले बयानमा भनेका छन् । हजुरआमा पर्ने राधिकाले फकाउँदै प्रकाशको घर सम्म लगेको किशोरीको भनाई छ । उनी प्रकाशको घरमा बसेको दुईमहिना पछि आमाले हुलिया सहित प्रहरीमा उजुरी दिएपछि घटना मानव बेचविखन तथा ओसारपसार मुद्धामा परिणत भएको हो ।
No comments:
Post a Comment