Thursday, August 9, 2012

कोष्टारिकामा सात नेपाली पक्राउ

२५ साउन, काठमाण्डौ । दक्षिण अमेरिकी देश कोष्टारिकामा सात जना नेपाली नागरिक पक्राउ परेका छन् । पनामासँगको सिमाक्षेत्रमा पर्ने दक्षिणी कोष्टारिकाबाट आइतबार ती नेपाली पक्राउपरेका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। मानव ओसारपसारमा संलग्न एक जना कोष्टारिकाकै मान्छेले गाडिमा चढाएर लगिरहेको अवस्थामा प्रहरीले ७ नेपाली सहित उक्त गाडी चालकलाई पनि नियन्त्रणमा लिएको स्पेनी पत्रीका ले जनाएको छ ।
अधिकारीहरुले पक्राउ परेकाहरुको बारेमा अनुसनधान गरिरहेको र ती नेपालीहरु काम गर्नका लागि दलालको साथ लागेर कोष्टारिकाको राजधानी सान जोसे तर्फ जान लागेको सुरक्षाअधिकारीको अनुमान छ । सुरक्षा मन्त्रालयले पक्राउ परेका नेपालीहरु अहिले प्रहरी चौकीमै रहेको जनाएको छ । हिरासतमा रहेको गाडि चालकलाई भने मानव बेचविखनको अपराधमा मुद्दा चल्नसक्ने बताइएको छ

No comments:

Post a Comment