Friday, August 31, 2012

वीरेन्द्रको ६२ सय रोपनी जग्गा राष्ट्रियकरण

१५ भदौ, काठमाण्डौं । नेपाल ट्रष्टले पूर्वराजा वीरेन्द्रर उनको परिवारको
नाममा रहेको ६ हजार दुईसय ४४ रोपनी जग्गा फेला पारेको छ । सम्पत्ति आफ्नो
नाममा सारेर ट्रस्टले १४ करोड ५५ लाख आम्दानी गरेका छ ।
वीरेन्द्र र परिवारका नाममा रहेको विभिन्न भवन र जग्गाको लिजबाट ट्रस्टले
बाषिर्क १४ करोड ५५ लाख कमाएको हो । यसरी बाषिर्क उठेको रकम सनराइज,
ग्लोबल, सानिमा, नेपाल इन्भेष्टमेन्ट, एनआइसी, लक्ष्मी र
सिद्धार्थलगायतका नौवटा बैंकमा राखिएको छ ।
वीरेन्द्र र परिवारका नाममा काठमाण्डौंमा मात्रचारहजार चारसय ३८ रोपनी
जग्गा फेला परेको छ । त्यस्तै भक्तपुरमा एक सय आठ रोपनी, नुवाकोटमा ६८
रोपनी, धनकुटामा एकसय ९४ रोपनी जग्गा फेला परेको छ।
काभ्रेको दुई रोपनी, कास्कीको नौ रोपनी, मकवानपुरको दुई विघा, सुर्खेतको
३४ विघा, चितवनको ५७ विघा जग्गा ट्रस्टले आफ्नो नाममा नामसारी गरेको खबर
नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment