e
१५ भदौ, काठमाण्डौं । शाही शासनकालमा सेना विरुद्ध बोलेको भन्दै सात बर्ष अघि नियतबस न्यायपरिषद्को कारबाहीमा बर्खास्त गरिएका जिल्ला न्यायाधीश चित्रदेब जोशीलाई पुर्नबहाली गर्न सर्वोच्च अदालतले फैसला सुनाएको छ । २०६१ पुस २७ गते स्याङ्जा जिल्ला अदालतमा न्यायाधीश हुँदा जिल्ला विकास समितिको कार्यक्रममा प्रमुखअतिथि भएर जाँदा राजा र नेपाली सेना विरुद्ध बोलेको भन्दै उनलाई खराब आचरणको स्पष्टीकरण मागी बर्खास्त गरिएको थियो । त्यसमा कार्यक्षमता अभावलाई कारण बनाइएको खबर आजको नागरिकसहितका दैनिक पत्रिकामा खबर छ ।
न्यायाधीश ताहिरअली अन्सारी, प्रकाश वस्ती र डा. भरतबहादुर कार्कीको पूर्ण इजलासले जोशीलाई एउटाविषयमा स्पष्टीकरण लिएर अर्को कारणबाट सेवाबाट हटाउने निर्णय कानुन सम्बत नभएको भन्दै पुर्नबहाली हुने फैसला गरेको हो ।
No comments:
Post a Comment