३१ साउन, चितवन । विद्युत चोरी गर्ने २६ जना चितवनमा पक्राउ परेका छन् । नेपालविद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण अभियानकोटोलीले आज उनीहरुलाई पक्राउ गरेको हो ।
विहान खटिएको टोलीलेभरतपुर-१ बाट ३ जना, पश्चिम चितवनको फूलबारीबाट १, शिवनगरबाट २२ रममंगलपुरबाट २ जनालाई पक्राउ गरिएको प्राधिकरणका वरिष्ठ सहायक सुरेश पण्डितलेजानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा १९ पुरुष र महिला रहेका छन् । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । पक्राउ गरिएकाहरुलाई आवश्यक जरिवाना तिराएर छोडिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणलेविद्युत् चुहावट नियन्त्रण अभियान चालेसंगै जिल्लामा विद्युत् चुहावटमा कमि आएको छ ।
No comments:
Post a Comment