Wednesday, August 15, 2012

युवा नेताहरुको दवाव अभियान जारी

३१ साउन, काठमाण्डौं । राजनैतिक दलहरुलाई सहमति कायम गर्न दवाव दिँदै आएका विभिन्न दलका युवा नेताहरुले आज तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरलाई भेट्ने भएका छन् । भेटमा दलहरुबीच सहमति कायम गरी राजनैतिक गतिरोधको अन्त्य गर्न आग्रह गरिने एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मंगलबार एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर उनीहरुले पार्टीगत स्वार्थबाट माथि उठेर राजनैतिक सहमित गर्न र राष्ट्रिय राजनीतिको निकास निकाल्न आग्रह गरेका थिए ।
प्रमुखदलका शीर्ष नेताहरु एक अर्काको आरोप प्रत्यारोपमा व्यस्त हुँदा राजनैतिक सहमित बन्ननसकेको भन्दै माओवादी, काँग्रेस, एमाले लगायतका दलका युवा नेताहरुले संयुक्त गठबन्धन बनाई दवाव अभियान सुरु गरेका हुन् ।

No comments:

Post a Comment