, काठमाडौं, असार २८- नारायणहिटी राष्ट्रिय संग्रहालयमा अब चाँडै नै श्रीपेच हेर्न पाइने भएको छ। सरकारले पटक-पटक प्रदर्शनीमा राख्ने भने पनि बल्ल पूरा हुन लागेको हो।
दरबारमा रहेको रुपन्देही र सुर्खेत कक्षमा श्रीपेच राख्ने तयारी भइरहेको छ। संग्रहालयका अनुसार साउन तेस्रो सातासम्म सोकेस निर्माण सकिएपछि यसको प्रदर्शनी सुरु हुनेछ। संग्रहालय गुरुयोजना निर्माण समितिले यसको व्यवस्था गर्न लागको हो। पाँच वर्षअघि पूर्वराजाले दरबार छाडेपछि संग्रहालय निर्माणपछि सरकारले श्रीपेच पनि सार्वजनिक गर्ने निर्णय गरेको थियो।
अहिले दरबारकै सैलुन कक्षभित्र फलामको सेफमा सेनाको २४ घन्टे सुरक्षासाथ राखिएको छ श्रीपेच,' संग्रहालय प्रमुख लेखबहादुर कार्कीले भने। कार्कीका अनुसार श्रीपेच रेखदेखमा साइरन सुरक्षा घन्टी, बुलेटप्रुफ सिसा प्रयोग गरिएको छ। 'भारतबाट आयात गरेर बलिया सिसाले सोकेस बनाउने काम अन्तिम चरणमा छ,' कार्कीले भने। यसका लागि सरकारले दुई करोड ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।
'सुरुमा राजा बस्ने घर कस्तो हुन्छ भन्ने जिज्ञासा अधिकांशमा थियो,' कार्कीले भने, 'थप वस्तु नसमेटिएकाले त्यो जिज्ञासा कम हँुदै जान थालेको छ।' अवलोकन गर्न आउनेमा शाहवंशीय राजाले प्रयोग गर्दै आएको श्रीपेच हेर्न अभिरुचि देखिन्थ्यो। मासिक २० हजारले अवलोकन गर्ने संग्रहालय सुरुदेखि अहिलेसम्म १९ वटा कक्षमै सीमित छ। श्रीपेच राखिएपछि छ कोठा बढ्नेछ।
श्रीपेचसँगै राजदण्ड, टायरा, झारी साथै अन्य गरगहना प्रदर्शनीमा राखिनेछ। नारायणहिटी दरबार गुरुयोजना निर्माण समितिका सदस्यसमेत रहेका कार्कीले समितिको निर्णयअनुसार सबै काम भइरहेकोबताए। तर राजाको सचिवालय र दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनर्निर्माण गर्ने सरकारीप्रतिबद्धतामा कुनै प्रगति हुन नसकेको उनले उल्लेख गरे।
संग्रहालयमा छिर्न विद्यार्थीका लागि रू.२०, ६० वर्षमाथिकालाई निशुल्क र अन्यलाई रू. एक सय शुल्क छ भने चीनसहित सार्क राष्ट्रका पर्यटकलाई २ सय ५० र अन्य देशकालाई पाँच सय।
शाह राजाहरूले प्रयोग गर्दैआएको श्रीपेच अमूल्यहीरा, मोती, पन्ना, जवाहरातलगायत धातुका साथै दुर्लभ अफ्रिकी चरा कल्कीको पुच्छर जडित छ। करिब साढे २ किलो तौल अनुमान गरिएको श्रीपेच पृथ्वीनारायण शाहकै पालामा बनाइएको भए पनि पटक-पटक परिमार्जित हुँदै आएको थियो।
No comments:
Post a Comment