काठमाडौँ, असार ३० - नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेस सहमतिबाटै अघि बढ्न चाहेको र एमाओवादी पनि सहमतिको बाटोमा आउनुको विकल्प नरहेको बताएका छन्।"हतियार, डर, धाक र धम्कीको काम छैन, माओवादी पनि अब वार्ता र सहमतिकोबाटोमा आउनैपर्छ," सभपाति कोइरालाले भने।
उनले काँग्रेस जातीयता र सङ्घीयता विरोधी नभएको बताउँदै थोरै सङ्ख्या र सबै जातजातिको सम्मान हुने गरी प्रदेश विभाजन गर्नुपर्नेमा जोड दिए।
नेपाली काँग्रेस म्यादी-काठमाडौँ सम्पर्क समितिको आज राजधानीमा आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सभापति कोइरालालले माओवादी नेतृत्वको सरकारले एकलौटि ढङ्गले गरेको निर्वाचन घोषणाको काँग्रेस लगायतका दलहरूले विरोध गरेको भए पनि मुलुकमा समस्या जस्ताको त्यस्तै नरहोस् भनेर वार्ता, सहमति र छलफलको प्रक्रिया पनि काँग्रेसले नै सुरु गरेको बताए।
काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातजातिलाई लडाएर आउने अराजकताको वातावरणमा सत्ता कब्जा गर्ने एमाओवादीको रणनीतिरहेको बताउँदै चुनावको नाममा सत्ता कब्जा गर्ने माओवादीको मनसाय पूरा हुन नदिने बताए।
अर्का केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पनिसंविधानसभा भङ्गपछिको राजनीतिक जटिलतालाई निकास दिन काँग्रेसले नै सहमतिको लागि छलफलको सुरुवात गरेको बताउँदै काँग्रेसबाहेक अरु दलले मुलुकको समस्याको निकास र संविधान दिन नसक्ने दाबी गरे।
केन्द्रीय सदस्य गगन थापाले यो सरकारले देशको अहिलेको समस्याको हल निकाल्न काँग्रेसले स्पष्टमार्गचित्र र प्रधानमन्त्रीको उम्मेदवारसमेत तय गर्नुपर्ने बताए।
नेपाली काँग्रेस कास्कीका सभापति रेशम बानियाँले पार्टीको केन्द्रीय समितिदेखि भ्रातृसंस्थाहरूमा म्याग्दीको सहभागिता नरहेको भन्दै पार्टीका विभिन्न निकायमा म्याग्दी काँग्रेसको सहभागिताको माग गरे।-
No comments:
Post a Comment