काठमाडौं, असार २९ - बैदेशिक रोजगार बिभागले इराक, अफगानिस्तानलगायतका प्रतिबन्धित मुलुकमा कामदार लगेर अलपत्र बनाउने अथवा दिल्ली, दुबई नाकाम बिचल्ली बनाउने एजेन्टहरुका बारेमा तथ्य पहिल्याउँदै 'रेड कर्नर नोटिस' जारी गर्ने तयारी गरेको छ ।
पहिलो चरणमा मोटो रकम असुलेर नेपाली कामदार बिचल्ली पार्ने १० एजेन्टहरुको नामावली तयार गरेपछि हाल उनीहरुको स्थायी ठेगानाको पूर्ण विवरण पहिल्याउने काम भैरहेको बिभागले जनाएको छ । बिभागका अनुसन्धान अधिकृत हरिसिंह धामीका अनुसार यो पहिलो चरणमा दामोदर ढकाल (चितवन), मदन पराजुली (भैरवहा), कृष्णकुमारी पराजुली (मदनकी श्रीमती), लवकुमार अधिकारी-कीर्तिपुर), शिवशंकर बुढाथोकी-गोरखा), टेकबहादुर गुरुङ -मिशन ओभरसिज, काठमाडौं), सन्तोष घिमिरे (ललितपुर), तारानाथ भट्टराई (झापा), सिरिलकुमार श्रेष्ठ (चितवन) र बाबुराम भट्टराई (झापा) छन् । यो काममा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसग समन्वयको काम भैरहेको छ ।
यीमध्ये अधिकांस दिल्लीलाई ठगीको नाका बनाएर बसेको जानकारी दिंदै अधिकृत धामीले अफगानिस्तानको नक्कली भिसा लगाउने, चार्टर प्लेन बन्दोबस्त गर्ने र नक्कली कम्पनीको अन्तवार्ता गराउनेहरु छन् । यीमध्ये चितवनका सिरिलकुमारले कामदारलाई युरोप लैजाने भन्दै एकजना बराबर १२ लाख रुपैंया उठाएर थाइल्याण्ड हुदै भियतनाममा लगेर अलपत्र बनाएका थिए ।
'अब नेपाली ठगेर विदेशका जुनै कुनामा लुकेर पनि धन्दा चलाउन नसकिने अवस्था अब उब्जिएको छ,' धामीले भने । बिभागका स्रोतका अनुसार पछिल्लो पटक अफगानिस्तान लगेर १० जना युवालाई अलपत्र बनाउने मिलन थापा (दिल्ली) र गोपाल (खेतार) कार्की (काबुल)को खोजीमा पनि रेड कर्नर नोटिस जारी गर्न पहल हुने जनायो । यसैगरी, पीडितकै उजुरी आधारमा यी युवालाई बिचल्ली तुल्याउने अन्य एजेन्टहरु सुमित्रा राई, सुरेश शाही, मदनप्रशाद शर्मा, सइन्द्र राई, निलम, डिल्लीराम खतिवडालाई पनि पक्राउ गर्न अनुसन्धानले प्रकृया सुरु गर्ने भएको छ ।
No comments:
Post a Comment