Saturday, July 14, 2012

गाविसद्वारा प्रेमविवाहमा प्रतिबन्ध

नयाँदिल्ली , असार ३० - भारतको उत्तर प्रदेशको बागपत जिल्लाको असार गाउँ विकास समितिले बुधबार प्रेमविवाहमाथि प्रतिबन्ध लगाएको छ । यो गाविसले ४० वर्षभन्दा कम उमेरका युवतीलाई एक्लै किनमेल गर्न जान र मोबाइल फोनको प्रयोग गर्नबाट रोक लगाउने आदेश जारी गरेको छ ।
दुव्र्यवहार र प्रेमविवाहको घटना बढेपछि यस्तो कदम उठाउनुपरेको गाविसको तर्क छ । यो निर्णयको पक्ष र विपक्षमा अडिने गाउँलेको संख्या बरोबर छ ।केहीले यसलाई मर्यादित कदम बताएका छन् भने केहीले विरोध गरिरहेका छन् । 'यो सरासर गलत हो, पुरुष नभएको घरमा महिला बजार जानैपर्छ, आफ्नो कामत गर्नै पर्छ,' स्थानीय अफसाना भन्छिन्, 'महिला मुख्यमन्त्री भइसकेको राज्यमा यस्तो प्रतिबन्ध किन ?' उनले धम्कीपूर्ण शैलीमा आएको यो नसिहतलाई स्वीकार्न नसकिने बताइन् ।
घरबाहिर निस्कँदा महिलालाई शिर छोप्न भनिएको छ । प्रेमविवाह गर्नेलाई गाउँमा बस्ने अनुमति नहुनेगाविसले बताएको छ । बागपत जिल्लाका प्रहरी उपरीक्षक बीएस शेखरले गुप्तचर निकायले यसको छानबिन गरिरहेको बताएका छन् । गुप्तचरको प्रतिवेदनपछि कारबाही अघि बढ्ने उनले प्रष्ट पारेका छन् ।
हालै तमिलनाडुको शिक्षा विभागले पनि परिपत्र जारी गरेर विद्यालयका शिक्षकलाई पेसा र संस्कृतिसँग मेल खाने पोसाक लगाउन भनेको छ । यसअघि भारतको हरियाणामा महिला र बाल विभागले महिला सुरक्षाका लागि कर्मचारीलाई शालीन पोसाकमा कार्यालय आउन आदेश दिएको थियो । पश्चिमा र आधुनि शैलीका भन्दा भारतीय पोसाकलाई सरकारी आदेशमा भद्र भनिएको थिय

No comments:

Post a Comment