Wednesday, July 25, 2012

विदेशी भूमीमा साढे ६ सय नेपालीले ज्यान फाले

१० साउन, काठमाण्डौं । काम गर्न जाने मुलुकको ट्राफिक नियम, हावापानी र भौगोलीक वातावरणसम्बन्धि जानकारी नहुँदा गत आर्थिक बर्षमा ६ सय ४३ नेपालीको अकालमै मृत्यु भएको छ । ६४ जना अंगभंग भएका छन् । स्वास्थ्य परीक्षणमा मानसिक तथा शारीरिक रुपमा देखिए पनि मृत्यु हुनेको ग्राफ बर्सेनि बढ्दो छ । यसअघि आव ०६७/६८ मा ४ सय ६६ नेपालीले ज्यान गुमाएका थिए ।
गतबर्ष सवैभन्दा बढी एकसय ७१ जनाको हृदयघातका कारण मृत्युभएको खबर कारोबार दैनिकले छापेको छ । एक सय दुई जनाले प्राकृतिक र एकसय एकजनाले सडक दुर्घटनामा ज्यान गुुमाएका छन् । कार्यस्थलमै काम गर्दा गर्दै ४१ जनाको मृत्यु भएको छ भने ६५ जनाले आत्महत्या गरेका छन् । दुईजनाको हत्या भएको र अन्य विविध कारणले एकसय ६१ जना नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोडले जनाएको छ ।
नेपाली युवालाई प्रभावकारी रुपमा अभिमुखीकरण तालिम नदिईविदेश पठाउँदा यति ठूलो संख्यामा मृत्यु भएको वैदेशिक रोजगार सुधार कार्यदलका संयोजक डा. गणेश गुरुङले बताउनुभयो ।

No comments:

Post a Comment