Sunday, June 10, 2012

अहिलेसम्मकै सबैभन्दा बढी परिमाणको २६ सय किलो चरेस बरामद

केपी ढुङ्गाना, काठमाडौँ, जेठ २८- लागू औषध नियन्त्रण तथा कानुन कार्यान्वयन इकाईले राजधानीमा २६ सय किलोग्राम चरेस फेला पारेको छ। उपत्यका भित्रँदै गरेको ट्रकमा प्रहरीले चरेस फेला पारेको हो। उपत्यकामा बरामद चरेसमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण हो।
प्रहरीले चरेससँगै कारोबारीसमेत पक्राउ गरेको छ। इकाईले मध्याह्न ३ बजे पत्रकार सम्मेलनमार्फत् यसबारे विस्तृत विवरण सार्वजनिक गर्दैछ।
पछिल्लो समय उपत्यकामा चरेस बरामद हुने क्रम बढेको छ। प्रहरीले एक महिनाअघि मात्र सीतापाइलामा चरेस प्रशोधन गर्ने कारखानामा छापामारी कारोबारी देवेन्द्र रोक्का मगरलाई सहयोगीसहित पक्राउ गरेको थियो।

No comments:

Post a Comment