अजित तिवारी, विराटनगर, वैशाख १९- अकस्मात् मौसम खराब भएर हावाहुरी चलेपछि प्रधानमन्त्री बाबुराम भट्टराई राजधानीमा शीर्ष नेताहरुको ५ बजेदेखि बस्ने पूर्वनिर्धारित बैठकमा सहभागी हुन असफल भएका छन्। उनी अहिले कोचिला राज्य समितिको कार्यालयमा बसिरहेका छन्। संविधान निर्माणका क्रममा देखिएका विवाद मिलाउन काठमाडौँमा बसेका प्रमुख दलका शीर्ष नेताहरुको बैठक सहमति प्रयासजारी राख्ने तथा बहुमतीय प्रक्रियामा पनि जाने सहमति गर्दै ५ बजे बस्ने गरी टुङ्गिएको थियो। त्यसपछि प्रधानमन्त्री बाबुराम भट्टराई विराटनगर आएका थिए।
तीव्र हावाहुरीका कारण मोरङमा ३० देखि ३५ घरको छाना उडाएको प्रारम्भिक रिपोर्ट छ। असिना पानी परेपछि अहिले हावाहुरी भने रोकिएको छ।
No comments:
Post a Comment