Tuesday, May 1, 2012

जनसंविधान नबने विद्रोह हुन्छ:

काठमाडौ, वैशाख १९ -
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचान र सामथ्र्यको आधारमा सङ्घीयता र जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अवस्था नआए विद्रोह हुने बताएका छन् ।
माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घद्वारा मंगलबार आयोजित १२३औं मे दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनताको पक्षमा संविधान बन्ने अवस्था नआए कुनै पनि शक्तिले विद्रोहलाई रोक्न नसक्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘जनताको परिवर्तनको चाहनालाई संस्थागत गर्न दिइएन भने नेपाली जनताले आफ्नो हातमा बागडोर लिएर अगाडि बढ्नेछ ।’
अध्यक्ष दाहालले संविधान लेखन कार्य टुङ्ग्याउने हो भने भोलि बिहानसम्म विवादित विषयहरुमा सहमति खोज्नुपर्ने उल्लेख गर्दै अब बन्ने संविधानमा मजदुरको हकअधिकार सुरक्षित गर्नुका साथै संसदमा मजदुरको प्रतिनिधित्व सुनिश्चित हुनेमा ढुक्क हुन आग्रह गरे ।
आफ्नै पार्टीको विवादप्रति सङ्केत गर्दै उनले भने, ‘पार्टी टुटफुटबाट प्रकारान्तरमा प्रतिक्रियावादीलाई फाइदा पुग्छ, अहिलेको आवश्यकता एकता नै हो ।’
पार्टी उपाध्यक्ष मोहन वैद्य समूहले गरेको छुट्टै सभाप्रति सङ्केत गर्दै उनले भने, ‘पार्टीभित्रको वैचारिक बहसलाई सडकमा छताछुल्ल नगरी बहसलाई स्वस्थ बनाउनुहोस्, वसन्तपुरमा रहनुभएका साथीहरुलाई एकतामा आउन र हातेमालो गर्न आग्रह गर्छु ।’
कार्यक्रममा श्रममन्त्री मालवरसिंह थापाले आफूले श्रम मन्त्रालय सम्हाले यता मजदुरको सामाजिक सुरक्षा ऐनको मस्यौदा अगाडि बढाएको उल्लेख गर्दै सो ऐन छिटै पारित गरिने जानकारी दिए।
सभासद् एवम् मजदुर नेता शालिकराम जमकट्टेलले राज्यको नीति निर्माणका हरेक तहमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित नगरिए नयाँ बन्ने संविधान स्वीकार नगरिने बताए ।
कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको सभापतित्वमा सो सभा भएको थियो । १२६ वर्ष पहिले अमेरिकाको सिकागो सहरमा भएको मजदुर आन्दोलनको सफलतापछि सन् १८८९ देखि हरेक वर्ष मे १मा मजदुर दिवस मनाइन्छ ।
–राससLїfё ї$ lїкє a Ьоaт їй тнё Ьоттlё Tяу то $aїl, Уоц caи'т шїтн йо aїґ Daу ву daу їт оиlу gєт$ нaґdёґ Tяу то $cяёaм Ьцт иовоdу caяё$ Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$ Hёaґ тнё vоїcё$ plaу fadё a dґцм Шнєи уоцґ lїfє'$ a Ьоaт їй a Ьоттlє Уоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиё

No comments:

Post a Comment