Friday, April 27, 2012

मलेसियामा फेरि नेपालीद्वारा आत्महत्या

क्वालालम्पुर (मलेसिया) , वैशाख १५ - पेनाङस्थित जावेल कम्पनीमा कार्यरत खगेन्द्र बहादुर लिम्बुले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका छन् । झापा घर भएका उनले ट्वाइलेटमा रहेको झ्यालमा डोरी लगाई झुण्डिएर आत्महत्या गरेको त्यहाँ कार्यरत अनिश राईले बताए ।
उनका अनुसार आत्महत्याको कारण अझै खुलेको छैन । शवलाई हाल पोस्टमार्टमका लागि एक स्थानीय अस्पतालमा राखीएको छ । शवलाई नेपाल पठाउनेबारे प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
बिहीबार बिहानमात्र कोतारायस्थित परदेशी रेष्टुरेण्ट अवस्थित चारतले भवनमाथिबाट हाम फालेर शेरबहादुर लिम्बुले आत्महत्या गरेका थिए ।
प्रकाशित मिति: २०६९ वैशाख १५ १०:१२

No comments:

Post a Comment