Thursday, December 5, 2013

वैदेशिक रोजगारमा को-को परे अख्तियारको फन्दामा ?

२० मंसिर, काठमाडौं । बैदेशिक रोजगारमा जाने कामदारलाई ठगी गर्न सक्रिय
६४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालतमा
मुद्दा दायर गरेको छ । जसमा बैदेशिक रोजगार विभागका ४५ जना कर्मचारी, ७
जना बैदेशिक रोजगार व्यवसायी र १२ जना बिचौलिया छन् ।विभागका ४५ जना
कर्मचारीमध्ये २५ जना अधिकृत, १७ जना नायब सुब्बा र ३ जना खरिदार छन् ।
बिचौलियासहित अख्तियारले अदालतमा मुद्दा हालेको यो पहिलो पटक हो ।
बैदेशिक रोजगारको क्षेत्रमा चरम भ्रष्टाचार हुने गरेको गुनासोका आधारमा
अख्तियारले अनुसन्धान गरी ६४ जनाविरुद्ध कारवाही चलाएको हो । आयोगले
लिएको बयानमा उनीहरुले भ्रष्टाचार गरेको पुष्टि भएपछि ३४ लाख विगोसहित
अदालतमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले मुद्दा दायर गरेका अधिकृतहरु
बैदेशिक रोजगार विभाग अन्तिम श्रम स्वीकृति शाखाका शाखा अधिकृतहरु
रमेशप्रसाद मैनाली, अजिता शर्मा, निर्मला न्यौपाने, मञ्जु शर्मा सुवेदी,
दिपक प्रसाद खतिवडा, बैदेशिक रोजगार विभागका कम्यूटर अधिकृत हिराध्वज
कार्की, त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल श्रम कक्षमा कार्यतर बैदेशिक
रोजगार विभागका अधिृकतहरु ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, मुक्ति खनाल,
गंगाबहादुर भुजेल, अध्यागमन कार्यालय अधिकृतहरु डिल्लीराज भट्टराई, गोपी
प्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, बिजयबहादुर समैमगर,
दिवाकर शर्मा, रामकृष्ण परारजुली, नरबहादुर बि.क., बाबुहरी पन्थी,
कार्गोग्राफर अधिकृत रामचन्द्र कार्की,, भोजबहादुर ए.डी., बैदेशिक रोजगार
विभाग श्रम कक्ष एयरपोर्टका अधिकृतहरु रिद्धिप्रकाश सिटौला, डिल्लीराम
पौडेल, कृष्णप्रसादल सिग्देल ।
नायब सुब्बाहरु
बैदेशिक रोजगार विभागका नायब सुब्बा तप्तकुमार शाह-कम्पूटर अपरेटर),
रामप्रसाद पोखरेल, सन्तोस सुवेदी, चन्द्रहरी लुईटेल, अरबीक भाषा अनुवादक
अब्दुल्लाह मस्तुत, रजाह उल्लाह, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार
अधिकारी, शंकर कार्की, बरिष्ठ अध्यागमन सहायक रामकुमार ओझा, जयबहादुर
सिंह, चिरञ्जीबी अधिकारी, नबराज कोइराला, सञ्जय नेपाल, रुद्र मरासैनी,
कोषराज भट्टराई, अध्यागम विभाग कालिकास्थानका नासू प्रहृलाद लामिछाने ।
त्यसैगरी अध्यागमन विभागका खरिदारहरु केशब बञ्जरा, कृष्ण प्रसाद र माधव
भट्टराई विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
बैदेशिक रोजगार व्यवसायीहरु
साम्ना इन्टरनेसनल सर्भिसका सञ्चालक मो. मुस्ताफिया, श्रम प्रतिनिधि
सुवास कुमार मैनाली, प्रोग्रेसिभ प्लेसमेट सर्भिसका सञ्चालक श्याम प्रसाद
श्रेष्ठ, एड्भान्स रिक्यूमेन्ट सर्भिसका मार्केटिक म्यानेजर हर्कबहादुर
लिम्बू, जेएचपी ओभरसिज इम्प्लोइमेन्टका सञ्चालक बुद्धिबहादुर तिवारी,
आकृति रिक्वीटिङ्ग प्रा.लि.का सञ्चालक टलबहादुर पौडेल, श्रमिक
ओरेन्टेसनका सञ्चालक सरोजकुमार मैनाली ।
बिचौलीयाहरु
बैदेशिक रोजगार परामर्श सेवा केन्द्र प्रा.लि. सिनामंगलका सञ्चालक
नारायणप्रसाद पौडेल, याकुक टुर्स एण्ड ट्राभल्सका सञ्चालक शेख जफेर अलाम,
गोरेटो टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि राजीबकुमार पञ्जीया, टुर्स एण्ड
ट्राभल्सकी सञ्चालीका सोभिता रानाभाट, अभिसेक ट्राभल्स एण्ड टुर्सका
सञ्चालक अशोककुमार श्रेष्ठ, सुरेस ट्राभल्स एण्ड टुर्सका सञ्चालक सुरेस
कुमार महतो, आयुस ट्राभल्स एण्ड टुर्सका सञ्चालक शिवसंकर शाह, एलपी
ट्राभल्स एण्ड टुर्सका सञ्चालक लालबाबु पाण्डे । त्यसैगरी बैदेशिक रोजगार
विभागमा लेखापढी गर्ने शिवप्रसाद रेग्मी, कोटेश्वर बस्ने खासा व्यापार
गर्ने सुरेसकुमार श्रेष्ठ, अनामनगर बस्ने महावौद्ध पसल गर्ने सुमन दाहाल,
ललितपुर थसिखेल बस्ने अरुणकुमार कायस्थ

No comments:

Post a Comment