Sunday, December 22, 2013

मलेसियामा ज्यान गुमाउने नेपाली कामदारको संख्या उच्च

क्वालालम्पुर । रोजगारीको शिलशिलामा मलेसिया आएका नेपाली कामदारको मृत्यु
हुनेको संख्या उच्च भएको छ । यो वर्षमात्रै रोजगारीका लागि मलेसिया आएका
करिव २ सय जनाले ज्यान गुमाएका छन् । मलेसियामा नेपाली कामदारको संख्या
बढी भएकाले पनि अन्य मुलुकभन्दा बढी नेपालीहरुले ज्यान गुमाउनेको
संख्यामा बृद्धि भएको हो ।बैदेशिक रोजगार विभागका अनुसार हाल मलेसियामा ९
लाख ५० हजार नेपाली कामदार छन् । बैदेशिक रोजगार विभागका अनुसार गत
आर्थिक वर्षमा करिव २ सय कामदारको मलेसियामै मृत्यु भएको छ ।
सरकारले बैदेशिक रोजगारीमा जानुपूर्व कामदारलाई अनिवायरुपमा अभिमूखिकरण
तालिम दिँदै आए पनि उक्त अभिमूखिकरण तालिम प्रभावकारी हुन नसक्दा नेपाली
कामदारको मृत्युदरमा भारी बृद्धी भएको हो । दिनभर उच्च तापक्रममा काम
गरेर मादक पद्धार्थ सेवन गरी एयर कन्डिसन (एसी) चलाएर सुत्ने गरेका कारण
सुतिरहेकै अवस्थामा र हृदयघात भएर मर्नेहरुको संख्या निकै उच्च छ ।
त्यसैगरी ट्राफिक नियम नजान्दा सडक दुर्घटनामा परी मर्नेहरुको संख्या पनि
उल्लेख्य छ । अहिले मलेसियामा औषत दैनिक एक जना नेपाली कामदारको निधन
हुने गरेको छ । बोर्डको तथ्यांक अनुसार सुतिरहेको अवस्थामा ज्यान
गुमाउनेहरुको संख्या सबैभन्दा बढी छ । पछिल्ला पाँच वर्षमा बैदेशिक
रोजगारीमा रहेका ५ सय १९ जना कामदारहरु सुतिरहेको अवस्थामा मृत भेटिएका
छन् ।
सुतिरहेको अवस्थामा मृत्यु हुनुको मुख्य कारण मदिरा सेवन गरी गर्मी छल्न
एयर कन्डिसन (एसी) चलाएर सुत्ने गरेका कारण धेरै कामदारहरुको मृत्यु
हुनसक्ने विज्ञहरुले बताउँदै आएका छन् । त्यसैगरी ५ सय १० जना कामदारले
प्राकृतिक कारणले ज्यान गुमाएका छन् भने ट्राफिक दुर्घटनामा परी ज्यान
गुमाउनेको संख्या ३ सय ७१ छ । २ सय ६८ जनाले आत्महत्या गरेका छन् भने १
सय ४६ जना हृदयघातबाट ज्यान गुमाएका छन् । कार्यस्थलमा दुर्घटनामा परि
मर्नेको संख्या १ सय ८६ छ भने अन्य व्यक्तिबाट मारिनेको संख्या ४६ रहेको
छ ।

No comments:

Post a Comment