Friday, August 2, 2013

ज्ञानेन्द्रसंग साँठगाँठ गर्नेहरु समाप्त हुन्छन् : नेपाल

१८ साउन, दाङ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पूर्वराजा
ज्ञानेन्द्र शाहसंग साँठगाँठ गर्न खोज्नेहरु आफै समाप्त भएर जाने वताउनु
भएको छ ।
प्रेस चौतारी दाङले शुक्रवार विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट
कार्यक्रममा नेता नेपालले नेकपा-माओबादीप्रति इङगित गर्दै भुतप्रेतहरुसँग
साँठगाँठ गर्नेहरु लोकतन्त्रबादी बन्न नसक्ने र आफै बिलय भएर जाने
चेतावनी दिनुभयो ।
राहत बितरण गर्दैमा पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्छु भन्नु बाबुराम
भटराईको सोचाई ठिक नभएको नेपालको टिप्पणी छ । नाडिको गति छामेर थाहा
नपाउने र धक्का दिएपछि मात्रै महसुस गर्ने बानीले नेपाल पछि पर्दै गएको
उहाँको भनाई छ । कुनैपनि हालतमा मंसिर ४ मा चुनाब हुने भन्दै उहाँले
संबिधान बनेपछि मात्रै संक्रमणको अन्त्य र दिगो सरकार बन्ने बताउनुभयो ।
चुनाबमा बैद्य नेतृत्वको नेकपा-माओबादी सहितका दलहरुलाई बाध्य नपार्ने तर
भागलिन आग्रह भने गरिरहेको उहाँले जानकारी दिनुभयो । चार दलले राजनीतिक
समितिमा सबै दलहरुलाई समाबेश नगर्नु गल्ती भएको भन्दै माफी मागेर अन्य
दलहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनुभयो ।

No comments:

Post a Comment